सन्तोषकुमार गुप्त/बैशाख २६, दाङ । लामो समयसम्मको खडेरी र गर्मी पछि केही दिन यता दाङमा प्राय जसो दैनिक पानी परेपछि राहतको महसुस गरिएको छ ।
हिजो शनिबार दिउसो देखि आज आईतबार बिहान सम्म लगातार पानी परेपछि बिशेषत किसानहरु खुसी भएका छन् । सुक्न थालेको हिउदे तरकारी बालीलाई फाईदा पुगेको कीसानहरुले बताएका छन् । लामो समय सम्म पानी नपर्दा किसानले लगाएको तरकारी सुक्न थालेको थियो भने तरकारीमा रोगको संक्रमण बढ्दै गएको थियो । पानी परेपछि किसानले लगाएका तरकारी बाली फष्टाउने भएको छ ।
मकैबाली लगाउने समयमा पानी नपरेको भन्दै चिन्तीत बनेका किसानहरु हिजो आज आफूले सोचे जस्तो बर्षात भएपछि मकै लगाउने तरखरमा जुटेको मानपूर १ मानपूरका ठाकुराम चौधरीले बताउनु भयो । पानी परेपछि मकै छर्नलाई सहज भएको किसान चौधरीले बताउनु भयो । त्यस्तै खडेरी लम्बीदै जादा जील्लामा पानीको मूहान सुक्न थाले सगैं पानीको हाहाकार बढ्न थालेको थियो । पानी परेपछि भने पानीको मूहान रसीलो भएको छ । गर्मी बढ्दै गएका बेला थौरै भएपछि मानीस , जनावर , बोटबिरुवा लाई राहत पुगेको छ ।
पूर्वबाट स्थानीय वायुको प्रभावमा न्यूनचापीय क्षेत्रको विकासले मौसममा खराबी आएको छ । यसैका कारण पश्चिमी तराई भेग बाहेक देशका अधिकांश भेगमा बदली हुनाका साथै मध्य र पूर्वका कतिपय स्थानमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पूर्वी भेगमा पूर्ण बदली भए पनि बढी असर पूर्वी भेगमा देखिएको बरिष्ठ मौसमविद् बरुन पौडेलले जानकारी दिनुभयो ।