२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्योे (अपडेट)

२०७३, २६ बैशाख आईतवार ०७:३३

सन्तोषकुमार गुप्ता/ बैशाख २६, दाङ ।

– थप चारजनाको कोहलपुरमा उपचार हुँदै
प्यूठानमा खोलाले जिप वगाउँदा तुलसीपुर उरहरीका एकै परिवारका चार जनाको मृत्यु भएको छ । थप चारजनाको कोहलपुरमा उपचार भइरहेको छ । उरहरी निवासी स्थानीय पूर्ण केसीका अनुसार उपचारका क्रममा ६५ वर्षीया दुवा खनालको कोहलपुरमा मेडिकल कलेजमा मृत्यु भएको हो ।

स्वर्गद्धारी मन्दिर दर्शन गरेर घरतर्फ फर्कदै गर्दा भिंगृ–१ स्थित मुहानखोलाले बगाउँदा तुलसीपुर–१९ उरहरी दाङका एकै घर परिवारका तीन जनाको मृत्यु भएको हो । शनिवार दिउँसो चारवजे तिर बा १४ च ३८३९ नम्वरको स्कारपीओ जिपलाई स्थानीय ठाडो खोलाले बगाउँदा ५० वर्षीय बाबु सुकदेव खनाल र उनकी १९ वर्षीया छोरी विमला खनाल र सुकदेवको भाईको छोरी १२ वर्षीया अस्मिता खनालको घटनास्थलमै मृत्यु भएको अञ्चल प्रहरी कार्यालय राप्तीका प्रवक्ता तुलवहादुर कार्कीले जानकारी दिए । कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी ६५ वर्षीया दुवा खनाल मृतक सुकदेव खनालकी आमा हुन । उनीहरु शनिवार विहान सवा पाँच वजे मात्रै स्वर्गद्धारीको दर्शनको लागि घरवाट त्यता गएका थिए । स्वर्गद्धारी दर्शन पछि घर फर्किदै गर्दा जिपलाई खोलाले बगाउँदा उक्त दुःखद दुर्घटना भएको संयुक्त वडा कार्यालय उरहरीका सचिव मानवहादुर रावतले जानकारी दिए । शनिवारको वर्षाले वाटो निर्माणगर्दै गरेको स्थानमा माथिवाट हिलो सहितको लेदोमा गाडी फसेपछि आएको वाढीले उनीहरु सवार स्कार्पियो बगाएको थियो ।

दुर्घटनामा परी खनाल परिवारकै थप चार जना घाईते भएका छन् । मृतक सुकदेव खनालकी श्रीमती ४६ वर्र्षीया कौशिला खनाल, साईली छोरी २२ वर्षीया शारदा खनाल, माईली छोरी २६ वर्षीया बशन्ता खनाल, र भाई वुहारी ३५ वर्षीया कमला खनाल घाईते छन् । तर उनीहरुको श्वास्थ्यमा क्रमिक सुधार आएको कोहलपुर मेडिकल कलेजवाट उरहरीको वडा नं. १९ का सचिव एवं स्थानीय वासी मानवहादुर रावतले जानकारी दिए । एकै परिवारका चार जनाको मृत्यु र अन्य चार जना घाईते भएपछि उरहरी गाउँ शोकमा डुवेको छ । घाईते सवैलाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा प्रारभ्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो । गाडी चालक कवित चौधरी र अन्य दुई जना मध्ये मृतक सुकदेवका भतिजा सुशील भण्डारी र मृतक सुकदेवका माईला ज्वाँई चेतराज अवस्ती भने सकुसल रहेको वडा सचिव रावतले जानकारी दिए । चेतराज अवस्ती धनगडी निवासी हुन । अन्य सबै मृतक एवं घाईतेहरु भने उरहरी निवासी नै रहेको वडा सचिव रावतले जानकारी दिए । मृतक तीन जनाको सव अहिले राप्ती अंचल अस्पतालमा राखिएको छ भने उपचारका क्रममा कोहलपुरमा मृत्यु भएकी थप एकजनालाई पनि अञ्चल अस्पताल ल्याएपछि पोष्टमार्टमको कार्य सुरु हुने अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन