2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

यातायात बन्दको संर्वतत्र आलोचना, बन्द फिर्ता लिन आग्रह

सन्तोषकुमार गुप्ता/ बैशाख २६, दाङ ।  आम नागरिकलाई सास्ती हुने गरी यातायात र उद्योगी व्यवसायीहरुले गाडि तथा पसल बन्द गरेको प्रति विभिन्न क्षेत्रबाट आलोचना भएको छ । नागरिक समाज दाङले यातायात व्यवसायीले गाडि र उद्योग बाणिज्य संघले बजार बन्द गर्नु ठिक नभएको भन्दै तत्काल बन्द खुलाउन माग गरेको छ ।

नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी र सचिब चन्द्रराज पन्थले बिज्ञप्ती जारी गर्दै बिबादलाई सम्बादबाट समाधान गर्न अपिल गरेका छन् । यातायात व्यवसायीलाई गाडि र उद्योग बाणिज्य संघले बजार बन्द गरिदिदा आम नागरीकले बिना कारण सास्ती भोग्नु परेको भन्दै तत्काल छलफलबाट समाधान खोजी बन्द फिर्ता लिन आग्रह गरिएको छ । स्वतन्त्ररुपमा हिड्न र उपभोग गर्न पाउने अधिकारबाट नागरिकहरु बन्चित हुनुपरेको भन्दै तत्काल जनजिवनलाई सहज बनाउन तर्फ ध्यान दिन सरोकारवालाहरुलाई बिज्ञप्तीमा आग्रह गरिएको छ ।

यसैविच विप्लव नेतृत्वको नेकपा माओबादी निकट बिद्यार्थी संगठनले बस समिति विच उत्पन्न विबादमा भएको यातायात बन्द प्रति आपत्ति जनाएको छ । अखिल क्रान्तीकारी दाङका अध्यक्ष हेमन्त जिसी र सचिव मदन केसीले विज्ञप्ती जारी गर्दैै नागरिक सेवामा सहज वातावरण निर्माण गर्न सबै पक्ष लाई आग्रह गरेका छन् । साथै बिज्ञप्तीमा छलफलबाट समस्या समाधानमा लाग्न आग्रह गर्दै प्रहरी प्रशासनलाई भड्काउने अबस्थाको सृजना हुने गरि नउत्रिन समेत आग्रह गरिएको छ । यसैविच सामाजिक सञ्जालहरुमा पनि यातायात व्यवसायी र उद्योग बाणिज्य संघको बन्द प्रति आलोचना भएको छ ।

बन्द खोल्ने विषयमा सहमति जुटेन, केहीबेरमा फेरि वार्ता बस्ने
बन्द खुलाउने विषयमा तुलसीपुरमा भएको वार्ता टुङ्गोमा नपुगे पछि केहिबेरमा जिल्ला प्रशासन कार्यालयमा पुन ः छलफल हुने भएको छ । बस सञ्चालनको क्रममा क्युको विषयमा कुरा नमिलेपछि वार्ता टुङगोमा नपुगेको वार्ता टोली सदस्यमध्येका तुलसीपुर उद्योग वाणीज्य संघका अध्यक्ष बिमल रिजालले जानकारी दिनुभयो । ‘वार्तामा केटाकेटी कुरा भयो त्यसैले कुरा मिलेन’, अध्यक्ष रिजाल्ले भन्नु भयो ।
यता प्रमुख जिल्ला अधिकारी दीपक काफलेले सिडियोसँंग नै वार्ता गर्ने महसुस यातायात व्यवसायीहरुले गरेकाले छलफलका लागि बोलाएको बताउनुभयो । जसका कारण बन्द खुल्ने कि नखुल्ने भन्ने कुरा अन्यौलमा परेको छ । ट्राफिक कार्यालय तुलसीपुरमा राप्ती समिति, दाङ प्रालि, मालिका कालिका, तुलसीपुर उद्योग वाणीज्य संघ, यातायात, तुलसीपुर नगरपालिका प्रतिनिधिहरु बीच करिब साढे २ घण्टासम्म वार्ता भएको थियो । सिडियो कार्यालयमा यातायात र राप्ती समितिका बीचमा मात्रै छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो