२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पर्यटक पर्खंदै म्याग्दीको प्राकृतिक भ्यूटावर ‘बेलढुंगा’

१४ फाल्गुन २०७४, सोमबार ०७:१६

कमल खत्री / फागुन १४, म्याग्दी | बस्तीको शिरमा अग्लो डाँडो । डाँडामाथि प्राकृतिक रुपमै बनेको भ्यूटावर । घना जंगलको बीचमा रहेको प्राकृतिक भ्यूटावरबाट दृष्य अवलोकन गर्दा मन खुशीले फुरुङ्ग हुने गर्छ । 


बेनी नगरपालिका–३ मुसुङ गाउँको शिरमा रहेको पर्यटकीय ‘बेलढुंगा’ मा पुग्दा त्यहाँको प्राकृतिक सौन्दर्यले सबैलाई लोभ्याउने गरेको छ । मुसुङ र बागलुङको काठेखोला गाउँपालिकाको ओखलेको सिमानामा रहेको बेलढुंगा हिमशृङ्खला, धौलागिरि क्षेत्रका बस्ती एवं प्राकृतिक भू–बनोटलाई एकैठाउँबाट अवलोकनका लागि उत्तम मानिन्छ । 

समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा घना जंगलको बीचमा बेल आकारमा बनेको पहाडको भ्यूटावरबाट धौलागिरि र अन्नपूर्ण क्षेत्रका आधा दर्जन बढी हिमशृङ्खलालाई अवलोकन गर्न सकिन्छ । बेनी नगरपालिका–३ का वडा सदस्य रत्नबहादुर जिसी त्यहाँबाट हिमशृङ्खलासँगै म्याग्दी, पर्वत, बागलुङका करिब तीन दर्जन गाउँबस्तीलाई अवलोकन गर्न सकिने बताउनुहुन्छ । 

“आठवटा जिल्लाका कुनै न कुनै भूभागलाई यहाँबाट देख्न सकिन्छ, धौलागिरि क्षेत्रका महत्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्र पनि सजिलैसँग अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो । 

पर्यटकीय सम्भावना भए पनि अहिलेसम्म प्रचारप्रसार र पर्यटन पूर्वाधारको अभावले सो क्षेत्र ओझेलमा परेको मुसुङ गाउँका तारामिलन छन्त्याल बताउनुहुन्छ । सदरमुकाम बेनीदेखि नजिकको दूरीमा रहे पनि सरोकारवालाको बेवास्ताले पूर्वाधार निर्माण गर्न नसकिएको उहाँको गुनासो छ । 

अहिले मुसुङ र बागलुङको ओखलेको सिमानामा पर्ने देउरालीसम्म पुरानो गोरेटो बाटो भएकाले त्यहाँसम्म सहजै रुपमा पुग्न सकिन्छ । देउरालीबाट झण्डै १५ मिनेटको पदयात्रा घना जंगल र अक्करे भिरमा बनाइएको साँघुरो डोरोमा हिँड्नुपर्ने भएकाले तत्काल यस क्षेत्रमा पदमार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । मुसुङबाट स्वर्गाश्रम हुँदै देउरालीसम्मको गोरेटो बाटोलाई स्तरोन्नति गरी देउरालीबाट बेलढुंगासम्म व्यवस्थित पदमार्ग निर्माण गरी उक्त क्षेत्रका बारेमा प्रचारप्रसार गरेमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने स्थानीयवासीको आशा छ । 

बाह्रै महिना हिमशृङ्खला र प्राकृतिक भू–बनोटलाई अवलोकन गर्न सकिने उक्त क्षेत्र फागुन– चैतमा फुल्ने लालीगुराँसले सिँगारिन्छ । आगामी चैत– वैशाखमा गन्तव्य बेलढुंगा अभियान सञ्चालन गर्ने तयारी भइरहेको स्थानीय स्वर्गाश्रम युवा क्लबले जनाएको छ । पर्यटकीय सम्भावना बोकेका बेलढुंगा र स्वर्गाश्रम क्षेत्रको महत्व एवं सम्भावनालाई उजागर गर्न क्लबले अभियान सञ्चालन गर्ने योजना बनाएको क्लबका सचिव जितबहादुर पुनले बताउनुभयो ।

“यहाँ पर्यटक भित्र्याउन प्रचारप्रसार र पदमार्गको आवश्यकता छ”, उहाँले भन्नुभयो । यहाँ लुकेर रहेको सम्भावनालाई उजागर गर्न सके पर्यटन विकासमार्फत ग्रामीण बस्तीको मुहार फेर्न सकिने उहाँको भनाइ छ । बेलढुंगा र बेनी नगरपालिका–३ मुसुङ गाउँको शिरमा रहेको स्वर्गाश्रम क्षेत्रलाई एकीकृत रुपमा प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न सकेमा यस क्षेत्रमा धार्मिक, एवं अन्य पर्यटक आगमन गराउन सकिने सम्भावना छ । 

मुसुङदेखि साढे एक घण्टामा स्वर्गाश्रम र त्यहाँबाट करिब ४५ मिनेटको दूरीमा बेलढुंगा पुग्न सकिन्छ । स्वर्गाश्रम र बेलढुंगाको पदयात्राबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत आधा दर्जन हिमशृङ्खलाको अवलोकन गर्दा यात्राको क्रममा हुने थकान मेटिने पर्वतका आरके अदिप्त गिरी बताउनुहुन्छ । “यस क्षेत्रको विकास गर्न सके ग्रामीण पर्यटनसँगै स्थानीयवासीको आय आर्जनमा सुधार तथा स्थानीय तहको आन्तरिक आम्दानीमा समेत वृद्धि गर्न सक्छ”, उहाँले भन्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो