Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण १४ गते, दिउँसो १:२६ बजे चितवन - CTW, समाज

राप्ती र नारायणीमा देखिए दुई भाले घडियाल गोही

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १४, चितवन | भाले गोहीविहीन भनिएको राप्ती र नारायणी नदीमा अहिले तीनबटा भाले गोही भेटिएको गणनाका क्रममा फेला परेको छ ।

गत वर्षको जेठ १० गते नारायणी नदीमा जालमा परेर एउटा घडियाल भाले गोही मरेपछि राप्ती र नारायणी नदी भाले गोहीविहीन बनेकाले गत पुस ८ गते बर्दियाबाट एउटा भाले गोही ल्याइएको थियो ।

निकुञ्ज विभागको नेतृत्वमा गत शुक्रबारदेखि तीन दिन लगाएर गरिएको गोही गणनाका क्रममा राप्ती नदीका दुई ठाउँमा भाले गोही फेला परेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार त्रिवेणी नजिकै नारायणी नदीको भेलौजी भन्ने ठाउँमा र राप्ती नदीको सौराहाघाटमा एक एक वटा भाले गोही फेला परेका हुन् । यीसँगै दुई नदीमा भालेको संख्या तीन पहिचान भएको छ ।

तीन वटा भाले गोही भएपछि प्रजननमा अब समस्या नआउने अनुमान गरिएको र अरु थप भाले हुन सक्ने अनुमानमा अनुसन्धान जारी छ ।

नारायणीको भेलौजीमा गत वर्षको जुनमा पनि सो गोही देखिएको भए पनि भाले हो भन्ने यकिन गर्न नसकेका कारण प्रष्ट भन्न नसकिएको उहाँले बताउनुभयो ।

सहायक संरक्षण अधिकृत खड्काका अनुसार केही दिनपछि पछिल्लो गणनाको परिणाम आउने छ । राप्ती र नारायणी नदीमा ११ समूह बनाएर ५० जनाले तीन दिन लगाएर गोही गणना गरेका थिए । यसअघि गरिएको गणनामा राप्ती र नारायणी नदीमा १६६ वटा गोही फेला परेका थिए ।

यी दुई नदीसँगै बबई, कर्णाली, कालीगण्डकी र कोशी नदीमा गरी हालसम्म एक हजार २९४ वटा गोही प्रजनन केन्द्रमा हुर्काएर छाडिएको छ । हाल प्रजनन केन्द्रमा ४९५ वटा गोही छन् । सो केन्द्रमा पनि एकमात्र बूढो भाले गोही रहेकाले भारतबाट भाले गोही ल्याउनका लागि गृहकार्य भइरहेका बेला राप्ती र नारायणी नदीमा भाले गोही भेटिएपछि संरक्षणकर्मी उत्साहित भएको खड्काले बताउनुभयो ।

राप्ती र नारायणी नदीमा गोहीको अण्डा संकलन गरी प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने गरिन्छ । एउटा भालेले ठूलो संख्यामा पोथीलाई प्रजनन गराउन सक्ने क्षमता राख्ने गरेको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो । रासस