२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै

१४ फाल्गुन २०७४, सोमबार ०९:४२

फागुन १४, वीरगन्ज | गाई–भैँसीमा कृत्रिम गर्भाधान कार्यक्रम प्रभावकारी भएपछि बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । 

आव २०७२÷७३ को तुलनामा आव २०७३÷७४ मा जिल्लामा गाई–भैँसीमा कृत्रिम गर्भाधान २४ प्रतिशतले वृद्धि भएपछि दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा देवनन्दन साहले जानकारी दिनुभयो । 

जिल्लामा करिब सत्तरी हजार किसान पशुपालन व्यवसायमा संलग्न छन् । आव २०७३÷७४ मा रु तीन अर्ब २६ करोड ६९ लाख बराबरको ६ करोड ५३ लाख ३८ हजार लिटर दूध उत्पादन भएको साहले बताउनुभयो । दैनिक रु ९० लाख मूल्य बराबरको एक लाख ८० हजार लिटर दूध उत्पादन हँुदै आएको छ । 

उत्पादित मध्ये दैनिक ४० हजार लिटर दूध हेटौँडा, काठमाडौँ, पोखरा, विराटनगर र सप्तरीमा बिक्री हुँदैआएको छ । जिल्लाबाट दैनिक रु पाँच लाख मूल्य बराबरको १० हजार लिटर दूध भारतमा बिक्री हुन्छ । जिल्लामा ६८ प्रतिशत किसान पशुपालन व्यवसायमा संलग्न रहेका छन् भने अघिल्लो आवमा रु तीन अर्ब १५ करोड २६ लाख ५० हजार बराबरको ६ करोड ३० लाख ५३ हजार लिटर दूध उत्पादन भएको थियो । 

कार्यालयले किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्न युवा स्वरोजगार कार्यक्रमअन्तर्गत गोठ निर्माण कार्यक्रम, दूध प्रशोधनका लागि सहकारी संस्थालाई चिलिम भ्याट, बायो ग्यास निर्माण, साइनो किट निर्माण, डेरी सुधार र घाँस बाली कार्यक्रमका लागि अनुदान दिन थालेपछि जिल्लामा यस वर्ष ३ दशमलब ६ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको वरिष्ठ पशु विकास अधिकृत साहले बताउनुभयो । 

चालीस वटा डेरी उद्योग रहेको जिल्लाको पूर्वी तथा दक्षिणी भेग गाई–भँैसी पाल्ने पकेट क्षेत्रका रुपमा चिनिन्छ । पशु प्रजनन (प्राकृतिक र कृत्रिम गर्भाधान), घाँस तथा पशु आहारा विकास, पशु स्वाथ्य सेवा र बजार प्रवद्र्धनलगायत सेवा प्रदान गर्दै आएको छ । 

गाई–भैँसी कार्यक्रमलाई अझ प्रभावकारी बनाई दूध उत्पादनमा वृद्धि गर्न जिल्ला पशु सेवा कार्यालयले सुदूर ग्रामीण बस्तीमा घुम्ती पशु स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई घरदैलोमा पशु सेवासम्बन्धी प्याकेज कार्यक्रम पु¥याउँदै आएको छ । कार्यालयले आगामी कार्यक्रमअन्तर्गत सदरमुकाम कलैया वरिपरिको १० किलोमिटर क्षेत्रलाई दूधको शहरका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान