३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्तीमा यातायात बन्द खुल्यो, जनजीवन सामान्य बन्दै

२७ बैशाख २०७३, सोमबार ११:४३

सन्तोषकुमार गुप्ता, बैशाख २७, दाङ । आईतवार बेलुका देखि राप्तीमा हुँदै आएको यातायात बन्द खुलेको छ । यातायात खुले संगै दाङ सहित राप्तीको जनजीवन समान्य बन्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालय घोराहीमा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको रोहवरमा भएको छलफल पछि आईतवार बेलुका साढे सात बजे पछि चक्काजाम खुलेको जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए ।

उक्त छलफलमा अबरोध हटाई स्वच्छ प्रतिपर्धा गरी यातायात सुचारु गर्ने बारेमा सबै समितीहरुका बीचमा सहमति कायम भएको एसपी कडायतले बताए । यातायात ऐन, नियामवली र यो संग सम्वन्धित अन्य कानुनहरुलाई परिपालन गर्ने सवालमा सबै समितिले सहमति जनाएका छन् ।

पुराना गाडी भित्राउन र सञ्चालन गर्न नपाउने समझदारी
अब देखि जिल्लामा कुनै समितिले पनि अनेत्र सञ्चालनमा आएका पुराना गाडी भित्र्याउन पाउने छैनन् । आइतवार नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका राप्ती अञ्चल संयोजक एवं महासंघका केन्द्रीय सदस्य भरतनाथ योगीको अध्यक्षतामा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, मालिका कालिका यातायात प्रालि र दाङ यातायात प्रालिका विचमा त्यस्तो सहमती भएको हो ।

जसमा सबै समितिका पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा अनेत्र सञ्चालन गरिएका पुराना गाडीहरु भित्र्याउन नपाउने र सञ्चालन हुने नयाँ गाडीहरु राप्तीवासीको नाममा मात्रै प्रमाणपत्र भएकोलाई मात्रै सञ्चालन गर्न पाउने कुरामा सबै समितिका पदाधिकारीहरुले सहमति जनाएका छन् ।

यो संगै दाङ सहित राप्तीका पाँच जिल्लामा दुई दिनयता हुँदै आएको चक्का जाम खुलेको हो । चक्काजाम खुलेपछि सोमबार देखि सडकमा यातायातका साधनहरु सञ्चालनमा आउन थालेका छन् । उक्त छलफलमा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवासायी समितिका पदाधिकारी, मालिका कालिका यातायात प्रालिका पदाधिकारी, दाङ यातायात प्रालिका पदाधिकारी लगायत अन्य यातायात व्यवसायीहरुको पनि सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली