Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा तीनजनाको झुन्डिएको अवस्थामा लास फेला

२०७४, १४ फाल्गुन सोमबार १५:१७

चिसाङ शेर्पा | फागुन १४, खोटाङ | खोटाङको विभिन्न स्थानमा एकै दिनमा तीनजनाको लास फेला परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित ५० बर्षिय तीर्थ कुमारी राईको घरबाट अन्दाजी २५ मिटर दक्षिणमा बडहरको रुखमा झुण्डिएको अवस्थामा लास भेटिएको हो । स्वेच्छा अनुरुप आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतकको शब पोष्टमार्टमका लागि सदरमुकाम दिक्तेल अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।

यस्तै, जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको च्यानडाडाँका स्थानिय बासिन्दा नैन बहादुर राउतको ३४ बर्षिय छोरा देबी बहादुर राउत पनि मृत अवस्थामा फेला परेका छन् । च्यानडाडाँ जंगलमा चिलाउनेको रुखमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा सोमबार बिहान १० बजे लास फेला परेको थियो । मृतकको लास पोष्टमार्टमका लागि उदयपुरको गाईघाट लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो ।

यसैगरी, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा २८ बर्षिय रिना राई आईतबार राती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । राई घरको कोठाको बासको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी स्थानिय बसन्त राईको श्रीमती हुन् । मृतक राईको शब पोष्टमार्टमका लागि उदयपुरको गाईघाट लगिएको छ ।

श्रृङखलाबद्ध रुपमा भेटिएको लासहरुको प्रकृति हेर्दा तीनैजनाले स्वेच्छा आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ