२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नगरपालिकाको फोहोरमा ६ लाख लगानी, सरकारी कार्यालयमै फोहोरको डंगुर

१४ फाल्गुन २०७४, सोमबार १५:५१

चिसाङ शेर्पा | फागुन १४, खोटाङ | रुपाकोट मझुवागढी नगरपालिकाको नगर सफाई अभियानमा ६ लाख हाराहारीमा खर्च भएको छ । ‘स्वच्छ, सफा र संमृद्ध नगर सम्पुर्ण रुपाकोट मझुवागढीवासीको रहर’ भन्ने मुल नाराका साथमा गत पुस ५ गतेबाट शुरु सरसफाई अभियानले हालसम्म २ सय ट्याक्टर फोहोर संकलन गर्दा ६ लाख खर्च गरेको हो ।

ट्याक्टर ब्यवसायी संघसँगको सहकार्यमा नगरपालिकाले प्रति ट्याक्टर तीन हजारका दरले पैसा दिदै आएको छ । नगरपालिका र विभिन्न सघंसस्थाको साझेदारीमा सञ्चालित अभियानले तीन महिना समापन गर्दा बजारका अगाडीका आगनमात्रै सफा देखिएको छ । 

अभियानको बेला पहाड नै उचाल्ने गरी जुटेका दिक्तेल बजारबासी र नगरपालिका तातिने त्यसपछी सेलाउने प्रबृत्तिले बजारकै विभिन्न स्थानका पुराना भन्दा पुराना फोहोर ज्युका त्युं रहेको छ । मुलुक संघिय संरचनामा गईसकेपछी स्थानिय सरकार कायम हुंदा सम्पुर्ण बिषयगत काम गर्नुपर्ने र सरससफाईकै काम के हुदैछ भनेर दिनैपिच्छे हेर्न नसकिने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

नगर सफाई अभियान नगरको मात्रै नभएर ब्यक्ति÷ब्यक्ति, घर÷घर, सबै कार्यालय र नगरवासीको अभियान भएको मनन गरेर सबैले आ–आफ्नो घर परिसर सफाई राख्नुपर्ने मान्यता बजारवासीमा हुनुपर्ने मेयर रिजालले बताए । उनले भने, ‘केही बजारबासीकै अल्छी र अटेरीपनाका कारण धेरै ठाउँमा फोहोर हट्न नसकेको हो ।’


नगरपालिकाले पुस ५ बाट रातारात लगाएर हप्तादिनमा बजारभित्रका ८० प्रतिशत फोहोर हटाएको थियो । दोश्रो तथा निरन्तर नगर सफाई अभियान चल्ने नगरपालिकाले जनाएको भए पनि हप्ताको तीन दिन फोहोर संकलनमा ट्याक्टर खाशै आएको देखिन्न । बिहान ९ ः३० देखी १० ः३० र दिउसो ३ ः ३० देखी ४ः ३० सम्म मोटरसाईकल बाहेक साना तथा ठूला सवारी साधन गुडाउँन नपाईने नगरपालिकाको नियम पनि सेलाएको छ । 

नगरपालिकाले फोहोरमा ६ लाख खर्च गर्दा हाँटडाडाँ, जयपुरेडाडाँ, जिल्ला बन कार्यालय अगाडी, सिंचाई कार्यालय कम्पाउण्ड बाहिर तथा दिक्तेल बजारका घरघर पछाडी फोहोरको ह्रास उस्तै रहेको छ । नगरपालिकाका मेयर रिजालका अनुसार सफाई अभियानलाई निरन्तरता दिने सम्बन्धित ब्यक्ति, कार्यालय र घर परिवार नै रहेको बताए ।  उनले भने, ‘सरसफाईको क्षेत्रमा सन्तोषजनक सुधार भएको छ । तर, पुर्णरुपमा भयो अब केही गर्नु पर्दैन भन्ने स्थिती चाँही छैन ।’

सफा सुन्दर शहर बनाउन नगरपालिकाले ताकेता गरिरहने बजारबासी अल्छी हुने र सरकारी कार्यालय परिसर फोहोरले ढाकिंदा नगर सफाई अभियान अन्यौल भएको छ । दिक्तेल बजारका बासिन्दा फोहोर उठाउन आएको ट्याक्टरमा समेत फोहोर लगाउन मन नगर्नुले घरको पछाडीतिर फोहोर बढी देखिएको हो ।

नगरपालिकाले दिक्तेल बजारवासीलाई आसपासका फोहोर ट्याक्टरमा लगाउन भन्ने तर, आफैले बनाएको फोहोर कतीले ट्याक्टरमा नलगाईदिंदा अझै केही स्थानमा फोहोर उस्तै रहेको नगर प्रमुख रिजाल स्वीकार्छन् । जबसम्म आफै सचेत भएर त्यस्ता फोहोर सम्बन्धित आफैले उठाउदैन तबसम्म फोहोर रहने उनले बताए । 

नगर सफाई अभियानमा सचेत गराई रहने र टोल सुधार समिति फोहोर व्यवस्थापनमा  अत्यन्तै सुक्ष्म तवरमा खटिरहेको नगरपालिकाले जनाएको छ । बजार आसपासका फोहोर देख्दा नगरपालिका धेरै खट्नुपर्ने छ ।

सरकारी कार्यालय जिल्ला समन्वय समिति परिसर, शौचालय, जिल्ला शिक्षा कार्यालय, कृषि बिकास कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र पछाडी, जिल्ला मालपोत कार्यालय पछाडीका ठाउँमा फोहोर अझै जस्ताको त्यस्तै छ । सरकारी कार्यालयमा रहेका कर्मचारी अल्छी हुनुले बजारभन्दा सरकारी कार्यालय वरपर फोहोर अत्याधिक देखिन्छ ।

जिल्लाका विभिन्न सञ्चार माध्यममा नगर सफाई तथा सरकारी कार्यालय फोहोरले भरिएको भन्ने समाचार आउँदा समेत केही सरकारी कार्यालयले लाज पचाएर अझै बानी सुधार गर्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो