२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको एउटा पुरै गाउँ मृत्युको खतराबाट जोगियो

२०७३, २७ बैशाख सोमबार १३:२०

सन्तोषकुमार गुप्ता/ बैशाख २७, दाङ । तुलसीपुर १० भट्टेका गाउँलेहरु जोखिम पूर्ण खतराबाट जोगिएका छन् । खानेपानीको टंकीमा मेटासिट नामक विषादी हालेको जानकारी पाएपछि मृत्युको सम्भावित जोखिमबाट सिंगो गाउँ जोगिएको लिस्नेखोली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव केशरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान धारामा पानी खोल्ने क्रमामा गन्ध आएपछि एकपछि अर्को गर्दै गाउँभरि हल्ला भएको थियो ।

Dang
गाउँको शिरानमा रहेको खानेपानीको ५५ हजार लिटर क्षमताको रिजर्भवायर टङ्कीमा स्थानीय प्रेम खत्रीले विषादी हालेको भन्दै पक्राउ गरेर गाउँलेले प्रहरीलाई बुझाएका छन् । ‘पाँच वजे धारामा पानी खोल्दा ह्वास्स, पानी गन्ध आयो, किन आज यस्तो पानी आयो भनेर घरपरिवारमा खुल्दुली मच्चियो’, स्थानीय नरबहादुर वलीले भन्नुभयो, ‘केहि समयपछि छिमिकीले पनि यस्तै भन्न थालेपछि एकैछिनमा गाउँभरिका मान्छे जम्मा भएर चौकीदारलाई धारा बन्द गर्न पठायांै ।

ट्याङ्कीमा हेर्दा जम्मा भएको पुरै पानी सेताम्य र मेटासिटको डुङडुङ्ती गन्ध आएपछि प्रहरीलाई खबर गरेका हौं ।’ विषादीयुक्त पानी परिक्षणका लागि त्यहाँको उपभोक्ता समितिले नेपालगञ्जमा रहेको पानी प्रयोगशालामा पानी पठाइएको छ । अन्य दिनको गतिविधि र रातको समयमा खत्रीलाई गाउँमा ओहोरदोहर गरेको देखेपछि गाउँलेहरुले उनलाई शंका गरेका हुन् । स्थानीयले ट्याङ्कीमा करिब १५ लिटर विषादी हालेको अनुमान गरेका छन् ।

डेढ घण्टा पैदल हिडेर ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सैयांैको संख्यामा पुगेका गाउँलेहरुले पक्राउ परेका खत्रीलाई हदैसम्मको कार्बाही हुनुपर्ने माग गरेका छन् । ५ सयको संख्या रहेका भट्टेका स्थानीयहरुका लागि पानी बितरण गर्दै आएको उक्त टंकीबाट १ सय १५ वटा धारा बितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ