Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सीमामै विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको जाँचमा कडाइ गर्न निर्देशन

२०७४, १५ फाल्गुन मंगलवार ०७:०४

काँकडभिट्टा, १५ फागुन | मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पूर्वी नाका काँकडभिट्टाबाट विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको आयात कडाइका साथ रोक्न सीमाका सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । 

मेची भन्सार तथा प्लान्ट, खाद्य र पशु क्वारेन्टाइन कार्यालयका अधिकारीलाई नगरपालिकाको कार्यालयमै सोमबार बोलाएर उहाँले निर्देशन दिनुभएको हो । मानव स्वास्थ्यमा घातक असर पुर्याइरहेको गुणस्तरहीन आयातीय खाद्य वस्तुलाई सीमामै रोक्न आफू अब गम्भीर भएर लाग्ने जानकारी दिँदै उहाँले भारतबाट आउने सबै खाद्य वस्तुलाई अनिवार्य गुणस्तर जाँच्न निर्देशन दिनुभयो । 

माछा, तरकारी, फलफूल, पेय पदार्थ, पत्रुखानालगायत सबै खाद्य वस्तु अब सीमामा नजाँची भित्र्याउन नदिइने नगरपालिकाले नीति लिएको नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताउनुभयो । 

सीमाका कार्यालयले सुँघेर र छामेर माछालगायत खाद्य वस्तुको गुणस्तर जाँच गर्ने पुरानो चलन तत्कालै बदलेर वैज्ञानिक प्रयोगशालाको माध्यमबाट गुणस्तर जाँच्न नगर प्रमुख आचार्यले निर्देशन दिनुभयो । भन्सार कार्यालयका अधिकृत गणपति कँडेलले गुणस्तर जाँचेको प्रमाणपत्रका आधारमा मात्र सामानको आयात अनुमति दिने गरिएको र त्यसैबमोजिम कर असुल्ने गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ