2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

‘आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई ‘अल्वेण्डाजोल’ दिएपछि…..

 फागुन १५, म्याग्दी | म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ । 

विसं २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गराउनुभएकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई सोही दिन औषधि वितरण कक्षमा रहेका स्वास्थ्यकर्मीले अल्बेण्डाजोलको बट्टा दिएका थिए । 

कुँवर र उनका परिवारले माघको २३ गतेमात्रै आफूलाई आइरन चक्की नभएर जुकाको औषधि दिएको थाहा पाएपछि तत्कालै बेनी अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराएका थिए । 

उनीहरुले अस्पताल, जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकाको कार्यालयमा उजुरी दिएका छन् । खड्का हाल सात महिनाकी गर्भवती छिन् । स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण आमा र बच्चाको स्वास्थ्य जोखिममा परेको पीडितको गुनासो छ । 

आइरनको कमीले आमा र बच्चाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै छानबिन गरी लापरबाही गर्ने कर्मचारीलाई कारबाही र गर्भबती महिलाको स्वास्थ्यको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् । 

अस्पतालका प्रमुख डा रोशन न्यौपानेले औषधि दिँदा कमजोरी भएको स्वीकार गर्दै बेनी र पोखराको अस्पतालमा भिडियो एक्सरे गर्दा आमा र बच्चाको स्वास्थ्यमा भने असर नगरेको देखिएको बताउनुभयो । 

चेप्टेजुका परेको अवस्थामा गर्भवतीलाई समेत ९० दिनसम्म अलबेण्डाजोल खुवाउनुपर्ने तर कुँवरको स्वास्थ्य परीक्षण रिपोर्टमा जुका परेको नदेखिएको उहाँको भनाइ छ । बेनपाका उपप्रमुख सञ्जु बरुवाल, बेनपा–५ का वडाध्यक्ष लक्ष्मण बानियाँ र अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीको रोहबरमा सोमबार डा न्यौपाने र पीडित परिवारबीच विभिन्न बुँदामा सहमति भएको छ । 

लापरबाही गर्ने कर्मचारीमाथि छानबिन गरी विभागीय कारबाही गर्ने, गर्भवतीको नियमित स्वास्थ्य परीक्षण र सहज रुपमा सुत्केरी हुने व्यवस्था मिलाउने सहमति भएको अस्पताल विकास समितिका अध्यक्ष रेग्मीले बताउनुभयो । 

अध्यक्ष रेग्मीका अनुसार छानबिनका क्रममा लापरबाही गरेको भेटिएकाले सो दिन औषधि वितरण कक्षमा रहेकी कर्मचारी राधिका आचार्यलाई विभागीय कारबाही प्रक्रिया अघि बढाइको छ । 

पछिल्लो समय बेनी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी नभेटिने, प्राविधिक शिक्षालयबाट अभ्यासका लागि आएका सिकारुका भर पर्नुपर्ने, गलत औषधि दिने, घाउको टाँका लगाउँदा कपास भित्रै छोड्ने, शव परीक्षणमा ढिलासुस्ती गर्नेलगायत गुनासा आएका छन् । 

खिवाङमा सामुदायिक स्वास्थ्य एकाइ 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । 

भौगोलिक विकटता र वडास्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाइ भोग्दै आएका खिवाङवासीको स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गराउन सो एकाइ स्थापना भएको हो । 

गाउँपालिका र वडा कार्यालयको पहलमा स्थापना भएको एकाइमा स्वास्थ्य परीक्षण, परामर्श र सरकारले दिने निःशुल्क औषधि वितरणको सुविधा उपलब्ध छ । वडा कार्यालयले एकजना अहेव र औषधिको पनि व्यवस्था गरेको छ । 

एकाइ स्थापना भएपछि खिवाङका ९२ घरधुरीका ६५० जनसंख्या लाभान्वित भएका छन् । यसअघि खिवाङका बासिन्दा घार र शिखमा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए । सामुदायिक भवनमा एकाइ सञ्चालन गरिएको वडा सदस्य रवीन्द्र गर्बुजाले बताउनुभयो । 

वडाध्यक्ष कृष्णप्रसाद बरुवालले सो इकाइ उद्घाटन गर्दै सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण मिलाउन प्राथमिकता दिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई