२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

समाजसेवी वलीद्वारा डान्स आईकन दाङलाई ५ लाख सहयोग

२८ बैशाख २०७३, मंगलवार १३:१४

oli- dangबिदुर एमसी/ बैशाख २८, दाङ ।  त्रिपुर क्षेत्रका वरिष्ठ समाजसेवी, उद्योगी तथा राजनितिज्ञ डिल्लीबहादुर वलीले डि.टेन.ईन्टरटेन्मेन्ट त्रिपुर दाङले यही जेष्ठ १ देखि आयोजना गर्न लागेको प्रतिष्ठित, बहुप्रतिष्ठित, बहुप्रतिक्षित तथा प्रतिस्पर्धात्मक नृत्य बिद्याको महा भिडन्त मध्यपश्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि)को आयोजनाको अनुमानित लागत खर्च ५ लाख रुपैयाँ प्रदान गर्नुहुने भएको छ ।

डि टेन ईन्टरटेन्मेन्टका कार्यकारी निर्देशक तथा डान्स आईकन दाङ (डि.आई.डि)का संयोजक बिष्णुकुमार देवकोटाका अनुसार कार्यक्रमलाई भव्य रुपमा सफल गर्नका लागि वली ले सर्वाधिक रकम सहयोग गर्न लागेको जानकारी दिनुभयो । केही दिनमै जिल्लामा सरोकारवालाहरु बीच पत्रकार सम्मेलन गर्दे सहयोग रकमको सम्झौता पत्र वलीले डि टेन ईन्टरटेन्मेन्टलाई हस्तान्तरण गर्नुहुने छ ।

दाङ जिल्लालाई आधार मानेर मध्यपश्चिमका सुर्खेत, नेपालगंज, सल्यान, प्यूठान र दाङमा प्रारम्भिक चरणका अडिसनहरु संचालन गरी नृत्य विद्याका प्रतिस्पर्धिहरुलाई छनौट गरी करिब ५ चरण सम्म प्रतिक्ष्पर्धात्मक पस्चात भव्य साँस्कृतिक महोत्सवका बीच कार्यक्रमको ग्राण्ड फिनालेको आयोजना गरी बिजेता घोषणा गरिने देवकोटाले जानकारी दिनुभयो । दाङ जिल्लालाई आधार मानेर जिल्लामा मध्यपश्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि) सर्वाधिक ठूलो धन राशिको हो ।

यसमा प्रथम हुने ले नगद रु. १ लाख ११ हजार एक सय एक रुपैयाँ पाउने छन् भने ५ वटा म्युजिक भिडियोहरुमा मोडलिङ्ग गर्ने अवसर, मोबाईल सेटहरु, आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने छन् । प्रतिस्पर्धा कूल ५ वटा बिद्याहरुमा हुनेछ जस अनुसार फस्ट रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाईस अवार्ड र जज च्वाईस अवार्ड समेत समावेश गरिने छ ।
dance icon dang

बिजेता हरुलाई कुनै न कुनै उपहारको साथमा आकर्षक मेडल, प्रमाण पत्रले बिभुषित गरिने छ । यसै बीच कार्यक्रमलाई भव्यताका साथमा सफल पार्नका लागि देश तथा बिदेश बाट सहयोगको प्रतिबद्धता आउने क्रम जारी रहेको छ । कार्यक्रमलाई पत्रकार सम्मेलन मार्फत औपचारिक रुपमा सुभारम्भ गरिने देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो