Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

तामाकोशी गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच बढ्दै

१६ फाल्गुन २०७४, बुधबार ०३:५७

ताराबहादुर महत । फागुन १६, दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाका नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच बढ्दै गएको पाईएको छ । 


गाउँपालिकाको वडा नम्बर ४ मालुमा ग्रामिण स्वास्थ्य सेवा केन्द्र संचालनमा आएपछि नागरिकहरु स्वास्थ्य सेवाबाट लाभान्वित हुन थालेका हुन । स्वास्थ्य केन्द्र संचालनमा आएपछि विभिन्न स्वास्थ्य समस्या भएका दैनिक १० देखि २० जना विरामी उपचारका लागि आउने गरेको केन्द्र संचालक सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

गाउँपालिकाका सबै वडामा स्वास्थ्य चौकीहरु भएपनि निश्चित समय मात्र सेवा दिने हुँदा कतिपय सामान्य स्वास्थ्य समस्या भएका विरामीहरु दिनहुँ लगाएर सदरमुकाम चरिकोट पुग्नुपर्ने बाध्यता रहेको थियो । स्वास्थ्य सेवा केन्द्रले विरामी चेकजाँच, एक्स–रे, प्रयोगशाला, इसिजी, सामान्य चिरफार, गर्भवति परिक्षण र फार्मेसी सेवा दिने गरेको संचालक पोखरेलको भनाई छ । उहाँका अनुसार गाउँपालिका बासीको हितलाई दृष्टिगत गर्दै पाक्षिक रुपमा जिल्लाका ठुला अस्पतालमा कार्यरत चिकित्सक मार्फत विशेषज्ञ सेवा र त्रैमासिक रुपमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको छ । संचालक पोखरेल प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट र न्याय हेल्थ नेपालद्वारा संचालित प्रस्तावित चरिकोट अस्पतालको प्रयोगशाला शाखामा कार्यरत कर्मचारी हुन ।

भौगोलिक अवस्था अनुसार यस केन्द्रबाट तामाकोशी गाउँपालिकाका सबै र मेलुङ्ग गाउँपालिकाका केहि वडाका बासिन्दाले स्वास्थ्य सेवा लिन सक्ने देखिन्छ । केन्द्रमा एकजना बरिष्ठ स्वास्थ्य सहायक, एकजना प्रयोगशाला सहायक र एकजना अनमी कार्यरत छन ।

गत फागुन ९ गतेबाट औपचारिक रुपमा संचालनमा आएको स्वास्थ्य सेवा केन्द्रको नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति गोकर्णप्रसाद पोखरेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटनका क्रममा सभापति पोखरेलले तामाकोशी गाउँपालिकाका रेडक्रस उपशाखाहरुलाई सक्रिय बनाएर एम्बुलेन्स सेवा संचालन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही