2026-09-19 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

पत्रकारको न्यूनतम् पारिश्रमिक वृद्धिको तयारी

फागुन १६, नुवाकोट | पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न तयारी थालिएको छ । 

न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक’ आज विदुरमा आयोजित अन्तक्र्रियामा समितिका अध्यक्ष गंगाधर पराजुलीले हाल कायम रहेको न्यूनतम् पारिश्रमिक कम भएको र सुझाव संकलनको क्रममा पत्रकारबाट बढाउन माग उठेकाले परिमार्जनसहित वृद्धि गर्न लागिएको जानकारी दिनुभयो । 

“अहिले कायम रहेको पारिश्रमिक २०७२ सालमा गठित समितिले दिएको सुझावको आधारमा २०७३ साउन १ गतेदेखि लागू भएको छ” अध्यक्ष पराजुलीले भन्नुभयो,– “पछिल्लो दुई वर्षमा नेपाल सरकारका कर्मचारीको तलब २५ प्रतिशतसम्म वृद्धि भइसकेकाले पत्रकारको सुविधा पनि पुनरावलोकन तथा वृद्धिको बाध्यात्मक अवस्था छ, त्यो छिट्टै गर्न लागिएको छ ।” 

श्रमजीवी पत्रकार ऐनअनुसार अहिले राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारको पारिश्रमिक रु १९ हजार ५०० र अन्य सञ्चार माध्यममा रु १४ हजार १०० कार्यान्वयनमा छ । समितिले सञ्चार माध्यममा आवद्ध पत्रकार र कर्मचारीको पारिश्रमिक निर्धारणका लागि स्थलगत र विज्ञ समूहमार्फत सुझाव संकलन गरी प्रतिवेदनमार्फत सरकारलाई ऐन कार्यान्वयन गराउन सुझाव दिन लागिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीले बताउनुभयो । 

पत्रकारको सेवा र सुविधा बढाउन महासंघका केन्द्रीय पदाधिकारीलाई मिडिया सञ्चालक बन्न रोक लगाएका छौँ” उहाँले भन्नुभयो, “यो व्यवस्था जिल्लासम्म पुर्याउन लागेकाले स्वच्छ श्रमजीवीको थलो महासंघ भएमा न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सहजता आउनेछ ।” 

अन्तक्र्रियामा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवचन्द्र भट्ट, प्रेस युनियनका पूर्व केन्द्रीय शिव देवकोटा, प्रेस चौतारीका जिल्ला अध्यक्ष भोलाराज पौडेल, त्रिशूली प्रवाहका प्रकाशक शरणउत्सुक सापकोटाले सञ्चार माध्यमलाई पत्रकारको खाँचो र पत्रकारले रोजगार पाउन नसक्नुबीचको खाडल अन्य गर्न न्यूनतम पारिश्रमिक कार्यान्वयले सहयोग पुग्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई