पलाता गाउँपालिकाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पलाता गाउँपालिकाको"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा अनुदानको चामलसंगै ‘जंगफुडे सेटिङ’

२०७४, १७ फाल्गुन बिहीबार १३:५४

फागुन १७, कालिकोट । नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्रि हुनु पर्ने चामल डिपोमा नपुग्दै बिक्रि गर्ने गरेको पाइएको छ । 


पलाता गाउँपालिकाको थिर्पु डिपोमा नौ सय २० रुपैयाँमा बिक्रि गर्नु बंगलादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचालझरनाको जारकोटबाट ९ सय ८० रुपैयाँमा बिक्रि गर्ने गरेको खेलेको छ ।

चालु आर्थिक वर्षको हालसम्म ६ सय ९९ क्वीन्टल ८० केजी ढुवानी भएकोमा सबै चामल डिपोमा नपु¥याएर बाटोमै बिक्री गरेको पाइएको छ। ठेकेदारहरु बढी मूल्यमा बीच बाटोमा चामल बेच्दा डिपो भने रित्तै छ। 

स्थानीय ब्यापारीसँगको मिलेमतोमा पचालझरना गाउँपालिकाको जारकोटबाट संस्थानको चामल १ हजारसम्म संस्थानका ठेकेदारहरुले बिक्रि गर्ने गरेको स्थानीय सिकुका जौन विकले बताए ।

‘जारकोटमा खाद्य संस्थानको डिपो छैन्। खाद्य संस्थानले त्यहीँबाट दिने गरेर सुनेर म जारकोटमा गएँ’ उनले भने,‘१ हजार रुपैयाँले दिएको एक प्याक चामल र दुई प्याकेट चाउचाउ दिए।’ 

ठेकेदारसँग मिलेमतोमा पचालभरना जारकोटका स्थानीय व्यापारी बसन्त शाहीले जारकोट बजारमा चामल बिक्री गर्दै आएका छन् । उनलाई विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले बिक्री वितरणको जिम्मा दिएका हुन् ।

नेपाल खाद्य संस्थान कालिकोटले दुई वटा फर्मको चामल ढुवानीका लागि ठेक्का स्वीकृत गरेको थियो। विशाल निर्माण सेवा कालिकोटले जिल्लाको सदरमुकाम मान्मदेखि पलाता गाउँपालिकाको थिर्पु डिपोसम्मको चामल ढुवानी जिम्मा पाएको छ । त्यस्तै सिद्धार्थ ढुवानी सेवा सुर्खेतले सुर्खेतदेखि थिर्पु डिपोसम्म संस्थानको चामल ढुवानी जिम्मा लिएको छ ।

विशाल निर्माण सेवाका प्रतिनिधि निलो तिरुवाले ६ सय ९९ क्वीन्टल ८० किलोग्राम पहिलो किस्तामा ढुवानी गरेर बिक्रि गरिसकेका छन्। सिद्धार्थ ढुवानी सेवाका प्रतिनिधि कमल गुरुङले ७ सय ९९ क्वीन्टल ८० किलो चामल ढुवानी गरेर बिक्री गरिसकेका छन् । यता व्यापारी बसन्त शाहीले खाद्य संस्थानलाई समेत छलेर चामल बिक्री गर्ने गरेको आरोप लगाएका छन् । 

नेपाल खाद्य संस्थान शाखा कालिकोटले चामल ढुवानीका लागि गत मंसिरमा ठेक्का आव्ह्रान गरेको थियो । आपुर्ति मन्त्रालयले तोकेको बिक्री मूल्य भन्दा धेरै रुपैयाँले चामल बिक्री गरेको बारे नेपाल खाद्य संस्थान शाखा कार्यालय बेखवर रहेको छ ।

नेपाल खाद्य संस्थान कालिकोटका प्रमुख छक्कु आचार्यले आफु जिल्लामा भर्खरै आएकाले ठेकेदारले के गरे भन्नेबारे थाहा नभएको बताए । ‘थिर्पु डिपोका लागि भर्खरै सुर्दशन प्रसाईलाई डिपो प्रमुखको रुपमा खटाएको छु ।’ 

शाखा प्रमुख आचार्य भने,‘कर्मचारी अभावका कारण डिपोमा समयमा कर्मचारी खटाउन नसकिएको छैन्।’ व्यापारी शाहीले भने सबै ‘सेटिङ’ मिलाएर काम गरेको बताएका छन् । 

९ सय २० रुपैयाँ पर्ने चामलमा १ हजार रुपैयाँ लिनुको कारण आफुले ८० रुपैयाँ वापतको नगद नभई चाउचाउ दिएको शाहीले बताए । ‘मैले सबै सेटिङ मिलाएर बिक्रि गर्ने गरेको छु’ उनले भने,‘तपाई सोध्नुको कुनै अर्थ छैन् ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते