दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

फिल्म हलमा, पाउरोटी र आईसक्रिम फ्याक्ट्री, कामदार सबै महिला

१८ फाल्गुन २०७४, शुक्रबार ०३:५९

चिसाङ शेर्पा/फागुन १८, खोटाङ । खोटाङको एक फिल्महलमा बिगत ५ बर्षदेखी पाउरोटी र आईसक्रिम फ्याक्ट्री सञ्चालनमा रहेको छ । 


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा अवस्थित मुभिलेण्ड हाईभिजन हलमा फिल्म चल्न छोडेपछी हललाई पाउरोटी र आईसक्रिम फ्याक्ट्री उत्पादनमा प्रयोग गरिएको हो ।

२०६३ सालमा निर्माण सम्पन्नपछी डकुमेन्ट्री, विभिन्न च्यारीटो शो र नेपाली चलचित्र चलाउन थालिएको हलमा दर्शकको कमी, नेपाली चलचित्रको खस्कदो गुणस्तर, ईन्टरनेट, मोवाईल, डिस होमका कारण बन्द रहेको हलमा २०६९ सालबाट बाबा हलेसी बेकरी पाउरोटी उधोग र २०७२ सालदेखी पासा आईसक्रिम उधोग सञ्चालनमा आएको हो । 

रोजगारीको सिर्जना गर्दै पराई मुलुक बिदेश जानुभन्दा स्वदेशमै काम गर्नु उचित भएकाले ५ लाख लागनीमा पाउरोटी र २ लाख लगानीमा आईसक्रिम फ्याक्ट्री खोलिएको सञ्चालक सगुन ताम्राकारले बताए । नेपाल अधिराज्यभरमा बाबा हलेसी बेकरी पाउरोटी उधोग उत्कृष्टको सुचिमा परेको छ । उनले भने, ‘महिला उधमी राष्ट्रिय पुरस्कार सुचिमा हाम्रो उधोग परेको छ ।’  

दैनिक ११० केजी मैदाको विभिन्न पाउरोटी आईटम र दश लिटर आईसक्रिम बन्ने उधोगमा पाउरोटीका आईटममा डुनोट, बन, क्रिम बन, क्रिम डुनोट, क्रिमरोल, बथ्डे केक, ब्रेट, नमस्ते बिस्कुट, नरिवल बिस्कुट, बदम बिस्कुट, सानोठूलो चारपाटे बिस्कुट, जिब्रे बिस्कुट, रातो घेरे बिस्कुट, क्रिम बिस्कुट, जुली बिस्कुट, कदम बिस्कुट, पदम बिस्कुट, चक्रेबन, कोकिस, पानी केक, बटुके केक, खुकुरी बिस्कुट, खुर्मा बिस्कुट र बटारे बिस्कुट बन्ने गरेको छ । 

आईसक्रिम आईटममा भेनिला, स्ट्रबेरी, चकलेट, पाईनपल, लब २१ का साथमा बरफहरु बन्ने उधोगमा दशजना कामदार रहेका छन् । पाउरोटी निर्माणमा ६ जना महिला, दुईजना बजार प्रतिनिधि रहेका छन् । आईसक्रिममा भने २ जना मात्रै कामदार रहेका छन् । 

पाउरोटी र आईसक्रिम बनाउन आवाश्यक कच्चा पदार्थ बाहिरबाट आउने गरेको छ । मैदा, चिनी, तेल तराईबाट र अन्य रसायनिक पदार्थ काठमाण्डौबाट ल्याईने गरेको सञ्चालक ताम्राकारले जानकारी दिनुभयो । 

प्रत्येक बिहान १० बजेदेखी साँझ ५ बजेसम्म बनाईने पाउरोटी र आईसक्रिमका विभिन्न आईटमहरु प्रतिप्याकेट १५ रुपैयाँदेखी ३५ रुपैयाँसम्म पर्ने गरेको छ । पाउरोटी र आईसक्रिमका आईटमहरु दिक्तेल, मुढे, हुर्लुङ, नुनथला, बुईपा, मात्तिम, निर्मलीडाडाँमा बिक्री हुने गरेको छ । 


पाउरोटी बनाउदै महिला कामदार तस्विर: चिसाङ शेर्पा, सास, खोटाङ


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो