Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

होलीकै दिन बिदा दिन झापालीद्वारा आग्रह

२०७४, १८ फाल्गुन शुक्रबार ०७:२८

फागुन १८, भद्रपुर | सरकारले अघिल्लो दिन नै होली पर्व मनाउन दिएको सार्वजनिक बिदाको विषयमा झापाली जनताले दुःख व्यक्त गरेका छन् । 

वर्षौंदेखि तराईमा फागू पूर्णिमाको प्रतिपदाका दिन अर्थात् पहाडमा अघिल्लो दिन र तराईमा दोस्रो दिन हाली पर्व मनाउँदै आएकामा गएको वर्षदेखि झापालाई पहाडकै जिल्लामा गाभेर पहिलो दिन नै सार्वजनिक बिदा दिन थालेको हो । 

बिहीबार होली भनिए पनि आमनागरिकले होली पर्व मनाउन उत्साहित देखिएन भने आज बिहानैदेखि युवायुवती होली पर्व मनाउनमा व्यस्त देखिन्छन् । 

रंग र अबिर लगाउने तथा पिचकारी प्रयोग गरी यो पर्व हर्षोल्लासका साथ मनाउँदै छन् भने बजारमा रंग, अबिर, फलफूल, मिठाई र मासुको बिक्री आज बढेको पाइएको छ । 

तराईमा आज होली भएको तर झापामा आज सार्वजनिक बिदा नभएकाले सरकारी कार्यालय पनि सुनसान देखिन्छ । कार्यालय खुला भए पनि सदरमुकामभन्दा बाहिरबाट आउने कर्मचारी कार्यालयमा देखिँदैनन् भने सेवाग्राहीको पनि उपस्थिति देखिँदैन । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ