२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको दुर्गम क्षेत्रमा सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी बन्दै

१८ फाल्गुन २०७४, शुक्रबार ०८:२३

फागुन १८, बागलुङ | स्वास्थ्य सेवाको पहुँच बढाउन तमानखोला गाउँपालिका–२ बोङ्खानीमा खोलिएको सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी बनेको छ । सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित सर्वसाधारणलाई लक्षित गरी अघिल्लो महिना एकाइ सञ्चालनमा ल्याइएको थियो । 

उक्त सामुदायिक स्वास्थ्य एकाइबाट बोङ्खानीका ७०० घरधुरीले प्रत्यक्ष लाभ लिइरहेका छन् । सरकारले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका क्षेत्रमा स्वास्थ्य एकाइ स्थापना गर्दै आएको छ । यस्ता एकाइहरु साविकमा रहेका स्वास्थ्य संस्थामा आउन टाढा हुने र ठूलो भूगोलमा बसोबास गर्ने सर्वसाधारणलाई लाभदायी बन्ने गरेको छ । बोङ्खानीमा एकाइ स्थापनाका लागि अघिल्लो आवमै स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको थियो ।

स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि बोङ्खानी र आसपासका क्षेत्रका बासिन्दा हर्षित छन् । दुर्गमका बासिन्दालाई एकाइले ठूलो राहत दिएको चर्चा गर्दै तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो, “ठूलो र विकट भूगोल भएका कारण साविकका स्वास्थ्य संस्थामा सबैको पहुँच थिएन यस इकाइको स्थापनाले स्वास्थ्य सेवा पाउनबाट कोही पनि वञ्चित हुनु पर्दैन ।” 

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सामुदायिक स्वास्थ्य एकाइ स्वास्थ्य चौकीको सानो रुप हो । एकाइमा एकजना अहेब र एकजना अनमी गरी दुईजना स्वास्थ्यकर्मी रहने व्यवस्था गरिएको छ । स्वास्थ्यचौकीले दिने प्रायः सबै सेवा एकाइबाट प्रदान हुने बोङ्गादोभान स्वास्थ्य चौकीका प्रमुख जीवनकुमार थापाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत