Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डोल्पाका जिल्ला पत्रकारमाथि आन्दोलनकारीको आक्रमण

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

टेकबहादुर शाही/फागुन १९ डोल्पा |  डोल्पाको सदरमुकाम दुनैमा आन्दोलनकारीहरुले जिल्लामा रहेका पत्रकारहरु माथि आक्रमण गरेका छन ।

ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको बिरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरुले जिल्लामा क्रियाशिल पत्रकारहरु माथि शनिबार दिउसो १ बजे आक्रमण गरेका हुन । आन्दोनको प्रचारप्रशार नगरेको र नगरप्रमुख गणेशबहादुर शाहीसंग मिलेको आरोप लगाएर पत्रकारहरुमाथि आक्रमण गरेका हुन ।

आन्दोलनकारीको आक्रमणबाट नेपाल पत्रकार महासंघ डोल्पाका पूर्व अध्यक्ष तथा कान्तिपूर समाचारदाता बिष्णुलाल बुढा,नेपाल पत्रकार महासंघ डोल्पाका कोषाध्यक्ष,अन्नपूर्णपोष्ट तथा एपीवान टिभिका जिल्ला समाचारदाता टेकबहादुर शाही र महासंघकै जिल्ला सदस्य रेडियो डोल्पामा समाचार प्रमुख लेखबहादुर बुढा माथि केहि आन्दोलनकारीले सामुहिक आक्रमण गरेका हुन । सामुहिक आक्रमणमा कान्तिपुर समाचारदाता बिष्णुलाल बुढालाइ भित्रि चोट पुगेको छ । पूर्व अध्यक्ष बुढालाइ सामुहिक रुपमा लातिले हानेका थिए भने अन्य पत्रकारहरुलाइ प्रहरीले सुरक्षा दिएको थियो ।

यहि १६ गते राति देखि नै केन्द्र सारीएको बिरोधमा आन्दोलन भएसंगै जिल्लामा रहेका सबै पत्रकारहरुले स्थानीय देखि राष्ट्रिय सञ्चार माध्याममा समाचारहरु प्रकाशन गरेको भए पनि पत्रकारहरुले आन्दोलनको बेवास्ता गरि  समाचार प्रकाशन र प्रशारण नगरेको भनेर पत्रकारहरु माथि आक्रमण गरेका छन ।

आन्दोलनकारीहरुले पत्रकार महासंघ खारेज गर्नु पर्ने र जिल्लामा भएका पत्रकारहरु नगरप्रमुख गणेशबहादुर शाहीसंग मिलेमतो गरेको आरोप लगाएका छन । पत्रकारहरु माथि नै आक्रमण गरे पछि नेपाल पत्रकार महासंघको ध्यानाकाशर्षण गराउदै अब आन्दोलनका कुनै पनि समचारहरु कुनै पनि सञ्चारहरुबाट प्रचारप्रशार नगर्ने जिल्लाका पत्रकाहरुको प्रतिबद्धता रहेको छ । पत्रकारहले भनेका छन निति तथा कानुनको सायतामा जानुको साटो पत्रकारले गरेको सहयोग बिसर्नेहरुका लागि पात्रकारको कलम रोकिने चेतावनी दिएका छन ।

आन्दोलनमा धेरै जसो मानिसहरु मदिरा सेवन गरेर सहभागि भएको कारण सुरक्षा खतरा रहेको हुदा पत्रकार नै असुरक्षित भएको भनेर जिल्ला प्रशासनमा सुरक्षाको लागि अनुरोध पनि पत्रकारहरुले गरेका छन । जिल्ला प्रशासनले सुरक्षा ब्यवस्था कडा गरेकोले कुनै पनि अप्रिय घटना हुन नदिने जानकारि दिएको छ ।