२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

लम्ची आधारभूत विद्यालयको ४४औं वार्षिक उत्सव सम्पन्न (फोटो सहित)

२०७४, १९ फाल्गुन शनिबार १६:४०

फाल्गुन १९, अर्घाखाँची | लम्ची आधारभूत विद्यालय भूमिकास्थान नगरपालिका–८ नुवाकोट लम्चीको ४४ औं वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि तथा भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले व्यानर अनावरण तथा दिप प्रज्वनन् गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रमका शुभकामना मन्तव्य राख्दै थापाले शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी र अभिभावकहरुको पारस्परीकताले मात्र विद्यालयको दिगो विकास हुने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिला बहादुर राउत क्षेत्रीले निजी लगानीमा संचालीत वोडिङ्ग स्कुलमा भन्दा क्षमतावान शिक्षक सरकारी स्कुलमा हुँदाहुँदै पनि सरकारी स्कुलको नतिजा राम्रो आउन नसक्नु दुखदायी कुराभएको उल्लेख गर्दै शिक्षाको गुणस्तर बृद्धिमा एकताका साथ लाग्न शिक्षकहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगर शिक्षा अधिकृत मणिराम पराजुली, श्रोत व्यक्ति हरि प्रसाद भुसाल, चेतनारायण बेल्वासे, सव इन्जिनियर चितरंञ्जन चौधरी नेपाल पत्रकार महासंघका कोषाध्यक्ष विनोद गैरे, सदस्य अशोक पौडेल तथा छिमेकी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक साथै स्थानीय अभिभावकको वाक्लो उपस्ति रहेको थियो । 


कार्यक्रममा अवकास प्राप्त शिक्षक ज्ञानहरि आचार्य, दुर्गा प्रसाद पौडेल तथा सरुवा भई अन्यत्र विद्यालयमा जाने शिक्षिक मञ्जु शाहलाई उहाँहरुले विद्यालयमा रहँदा सम्म शैक्षिक गुणस्तरमा पुर्याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै तथा विद्यालयलाई अक्षयकोष स्थापना गरी विद्यालयको समग्र विकासमा टेवा पुर्याउनुहुने शसिर खत्री र हुम बहादुर बुढाथोकीलाई प्रशंसा–पत्र, दोसल्ला तथा मायाँको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दधिराम आचार्यको अध्यक्षता शिक्षिका मनकला भट्टराईको स्वागत तथा शिक्षक ज्ञान बहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी