२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुलो बगाएपछि धानबाली सुक्न थाल्यो, कृषक चिन्तीत

१९ भाद्र २०७२, शनिबार १२:१४

महेन्द्र के.सी/भदौ १९, पर्वत । धानखेती सुक्न थालेपछि कृषक चिन्तीत भएका छन् । अविरल बर्षाका कारण कुलो बगाएपछि धानबालीमा प्राप्त मात्रमा पानी नभएपछि धान फुल्नेबेलामा धान सुक्न थालेपछि लिमिठाना ४ छविसेका कृषक चिन्तीत भएका हुन् ।

भदौ १३ गते सोमवार राति आएको भिषण पानीका कारण लमाय खोलाले लिमिठाना ४ छविसे फाँटमा सिँचाइ हुँदै आएको कुलोको वाँध वगाए पछि फाँटमा धान सुक्दै गएको हो ।

करीव १ सय ५० रोपनी खेतमा सिँचाई हुँदै आएको कुलोको वाँधसँगै सिँचाईको पाइप वगाएपछि धान सुक्न सुरु भएसँगै किसान हरु चिन्तित भएका हुन् । सिँचाइको अन्य स्रोत नभएको र वाँध वनाउन १५ वटा जाली र केहि पाइप आवश्यक हुने कृषक निर्मला भुसालले बताइन् ।

फाँटमा देविस्थान ७ निवासी कपिलामणि भुसाल ,अर्जुन भुसाल, विक्रम भुसाल, दिपक भुसाल, ,दयाराम भुसाल, विजय भुसाल, र खानिगाउका केही कृषकहरुले रोपाई गरेका थिए । करीव १२ वर्ष देखि वाँझै रहेको आधा फाँटमा यो वर्ष रोपाई गरीएको थियो । साडे २ किलोमिटर लामो कुलोको वाँध लिमिठाना २ चनौटेको पुछारमा पर्छ ।

अविरल बर्षाका कारण धानबाली फुल्नेबेलमा सुक्न थालेपछि कृषकहरुको बर्षाभरीको मेहनत बालुवामा पानी सरह बन्न पुगेको छ । खेतमानै धान सुकेर मर्न थालेपछि धान उत्पादन नहुने भन्दै कृषक चिन्तीत भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने