२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कृषक महासंघ गठन

२१ भाद्र २०७२, सोमबार १३:४९

unnamed (4)

भदौ २१, पर्वत । बाजुङ, देउपु्र, तिलाहार र चित्र गाविसमा छ्ट्टा छुट्टै गाविस स्तरीय राष्ट्रिय कृषक समुह महासंघको गठन भएको छ । आइतबार कृषि सेवा केन्द्र पातिचौरमा भएको अगुवा कृषक भेलाले छुट्टा छुट्टै महासंघ गठन गरेको हो ।

बाजुङ अन्तरर्गत रहेका कृषि समुह र सहकारी संस्थामा आवद्ध भएका कृषकहरुले पदम बहादुर अधिकारीको नेतृत्वमा ९ सदस्यीय महासंघ गठन गरेको छ । महासंघमा उपाध्यक्ष कौशिला रेग्मी, सचिव प्रकाश सुवेदी, सहसचिव बालकुमारी पौडेल, कोषाध्यक्षमा गंगादेवि अधिकारी रहेका छन् । त्यसैगरी देउपु्र गाविसमा टिकाराम तिमिल्सिनाको नेतृत्वमा कृषक महासंघ गठन भएको छ ।

उपाध्यक्षमा सोविता हमाल, सचिव संझना कुमारी तिमिल्सिना, कोषाध्यक्षमा लक्ष्मी पौडेल, सहसचिवमा गुरुदत्त आचार्य रहेका छन् । उता तिलाहार गाविस अन्तरगर्तको कृषक महासंघको नेतृत्व चित्र बहादुर बस्नेतले गरेका छन् । उपाध्यक्षमा चन्द्रबहाद्ुर विक, सचिवमा रामबहादुर विक, सहसचिवमा अनिता विसि, कोषाध्यक्षमा सेती महत रहेका छन् भने चित्र गाविस अन्तरगर्तको महासंघमा डिल्लीराज पौडेल अध्यक्षमा चयन भएका छन् ।

unnamed (5)

उपाध्यक्षमा इन्द्र विक, सचिवमा गिताराम शर्मा, सहसचिवमा कोपिला मणि लम्साल, कोषाध्यक्षमा सिता पौडेल रहेका छन् । राष्ट्रिय कृषक महासंघका बरिष्ठ केन्द्रिय उपाध्यक्ष भत्त बहादुर बस्नेतको प्रम्ुख अथिति तथा जिल्ला कृषि विकास कार्यलयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीको विशिष्ट आथित्यमा भएको कार्यक्रममा बोल्दै आगामी संविधानमा कृषकका हकअधिकारलाई सुनुश्चित गर्ने खालको संविधान निर्माण गर्नु पर्नेमा जोड दिनुपर्ने बताएका थिए ।

कृषि पेशमा लाग्नेको संख्या देशमा सवैभन्दा बढि भएका कारण कृषि पेशालाई राज्यले मौलिक हकभित्र राख्नुपर्ने उनीहरुको जोड थियो । राष्ट्रिय कृषक महासंघका पर्वतका अध्यक्ष ढाकाराम गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उवासंघका महिला सभापति गंगा तिमिल्सिना, जिविसका सामाजिक परिचालक प्रकाश लम्साल, पातिचौर कृषि सेवा केन्द्रका प्रमुख नमनारायण शर्मा, जिल्ला कृषक महासंघका उपाध्यक्ष लालबहादुर हरिजन लगाएतले बोलेका थिए भने कार्यक्रमको संचालन राष्ट्रिय कृषक महासंघका सहसचिव कृष्णबहादुर सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली