२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रदेश नं ४ र ५ जोड्ने मार्ग खुला

२० फाल्गुन २०७४, आईतवार ०७:३६

फागुन २०, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाटदेखि नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुम्किवास जोड्ने मार्ग खोलिएको छ । 

प्रदेश नं ५ बर्दघाटदेखि प्रदेश नं ४ दुम्किवास जोड्ने भित्री पहाडी सडकको मार्ग खोलिएपछि पहाडी क्षेत्रमा आफूहरुलाई सहजता हुनेमा स्थानीयवासी आशावादी बनेका छन् । बर्दघाट नगरपालिका वडा नं १० अपरदीप टोल भुताहादेखि आमबास, संसारकोट हुक्सेदमार पटकके हुँदै विजयी त्रिवेणी गाउँपालिका दुम्किवास जोड्ने १४ किमी मार्ग नगरपालिकाको रु १५ लाख लगानीमा सम्पन्न भएको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने र दुम्किवास सडकखण्डको वैकल्पिक सडकका रुपमा ट्र्याकलाई स्तरोन्नति गरी विकास गर्न सकिने अवस्था छ । बर्दघाट १० अपरदीप टोल भुताहादेखि आमबास हुँदै संसारकोट हुक्सेदमार पटकके हुँदै विजयी त्रिवेणी गाउँपालिका दुम्किवाससम्म मार्ग खोलिएर सवारी साधन वारपार गर्न सकिने बनाइएको छ । 

विशेष गरी पहाडी क्षेत्रमा पर्ने सो सडकको स्तरोन्नति भएमा प्रदेश नं ४ र ५ जोड्ने नवलपरासीमा सबैभन्दा छोटो र भरपर्दो वैकल्पिक भित्री सडकका रुपमा विकास हुने सम्भावना देखिएको हो । सो सडकको स्तरोन्नति भएपछि प्रदेश नं ४ र प्रदेश नं ५ दुवै प्रदेशका पहाडी क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुले पर्याप्त बजार पाउने छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य