२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रहरीमाथि देउपुरबासीको आरोप: सानालाई ऐन, ठूलालाई चैन किन ?

२०७२, २२ भाद्र मंगलवार ११:००

भदौ २२, पर्बत । जिल्ला प्रहरी कार्यालय पर्वतले सानालाई एने र ठूलालाई चैन गरेको देउपुरबासीले आरोप लगाएका छन् । एउटै प्रकृतिको मुद्धामा युवा नेतालाई छाडेको र सानालाई मु्द्धा दर्ता गरेको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने क्रममा उनीहरुले यस्तो आरोप लगाएका हु्न् । प्रहरी त सवैको साझा हो भन्थे तर प्रहरी त पहुँचवाला र राजनीतिक दलको रहेछ देउपुरबासीले भने ।

prahari

एउटै प्रकृतिको मुद्धामा कसैलाई कानूनको दायरामा ल्याउनु र कसैलाई खुलेआम छोड्नु यो कस्तो न्याय हो देउपरबासीले आक्रोश पोखे । कानून विपरित काम गर्नेलाई कानूनको दायरामा ल्याउनु राम्रो हो तर यसरी कसैलाई काखा र कसैलाई पाखा गर्नु कानून संम्मत छैन प्रहरी कार्यालय घेराउमा आएका देउपुरका युवा विज्ञान हमालले बताए । ’एक साताअघि मात्रै नेताका आफन्तलाई पक्राउ गरेर पनि कारबाही नै नगरी छाडिएको छ, तर पहुच नभएका जेष्ठ नागरिकलाई हप्तादिनसम्म थुन्दा पनि नछाड्नु कहासम्मको विभेद हो,’ देउपुरका रामचन्द्र तिमल्सिनाले भने ।

उनले बुधबार दिउसो ४ बजेसम्म थुनामा रहेकालाई रिहा नगरे जिल्लाभरको यातायात ठप्प पार्ने चेतावनी दिए । ’बुधबार छाडिएन भने पातिचौर र डिमुवा क्षेत्रमा हामीले प्रहरीलाई सहयोग गरेका सिसिटिभी क्यामेरा निकाल्छौ,’ सामुदायिक सेवा समाज देउपुरका अध्यक्ष समेत रहेका तिमल्सिनाले भने,’अब प्रहरीसँगका सबै सहकार्य बन्द हुन्छ ।’ देउपुर–९ स्थित जितबहादुर हमालको घरमा छापा मार्दा बिहीबार तास खेल्दा रेङगेहात पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले मुद्धा चलाएको भन्दै उनीहरु त्यसको विरोधमा उत्रिएका हुन ।

सक्छौ भने समान व्यवहार गर खुलेआम हिडेका जुवा खेल्ने रेङगेहात पक्राउ परेका नेतालाई पनि कार्वाहीको दायरामा ल्याउ अनि मुद्धा चलाउ र्हैन भने उनीहरुलाई पनि छोड जसरी नेतालाई छोड्यौं, देउपुरबासीको यहि माग छ ।

पक्राउ पर्नेमा, देउपुर–९ का ७० वर्षीय टोपबहादुर हमाल, ७० वर्षीय जितबहादुर हमाल, ७५ वर्षीय जितबहादुर क्षेत्री, ३६ वर्षीय जोतीनन्द हमाल, ३४ वर्षीय नौबहादुर पुन, ४९ वर्षीय शुक्रबहादुर हमाल, ६० वर्षीय प्रेम पुन, ५६ वर्षीय मनबहादुर पुन, ३२ वर्षीय हरिचन्द्र शर्मा, ६० वर्षीय रुपबहादुर परियार, ४० वर्षीय प्रेमबहादुर पुन, ४४ वर्षीय ओम पुन, ४८ वर्षीय प्रेमबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो ।

त्यसैगरी पक्राउ पर्ने अन्यमा ५५ वर्षीय मनप्रसाद पुन, २५ वर्षीय गौप्रसाद पुन, ६० वर्षीय पुर्णबहादुर हमाल, ६२ वर्षीय जयनारायण राजबंशी, ६२ वर्षीय जसबहादुर बिक, ६४ वर्षीय धनबहादुर हमाल, ७५ वर्षीय प्रसाद पुन, क्याङ–६ का ३१ वर्षीय टेकबहादुर पुन, देउराली–६ का ५५ वर्षीय रामबहादुर पुन, क्याङ–५ का ५९ वर्षीय अंगबहादुर तिलिजा पुन रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई शुक्रबार प्रहरीले मुद्दा दर्ता गरेको हो । बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक ओमप्रकाश चौधरीको टोलीले उनीहरुलाई तास खेल्दाखेल्दै पक्राउ गरेको थियो । प्रहरीले छापा मार्ने क्रममा एक झोला तास र २६ हजार छ सय ८६ रुपैयाँ समेत बरामद गरेको जनाएको छ । जुवा खेल्ने, खेलाउने र हेर्ने समेतलाई पक्राउ गरी जुवा मुद्दा चलाएको प्रहरी निरीक्षक ओमप्रकाश चौधरीले बताए ।

चौधरीले रिहा गर्ने बिषय अब अदालतको हातमा रहेको जानकारी दिए । ’मुद्दा अदालतमा गइसकेको छ, रिहा गर्ने कुरा अदालतको हातमा छ,’ चौधरीले भने । यस अघि जिल्लामा युवा नेता सहित ६ जना पक्राउ परेकालाई भने धरौटीमा रिहा गरिएको बताइएको छ तर त्यसको बारेमा प्रहरी मु्ख खोल्न भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै