२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रहरीमाथि देउपुरबासीको आरोप: सानालाई ऐन, ठूलालाई चैन किन ?

२२ भाद्र २०७२, मंगलवार ११:००

भदौ २२, पर्बत । जिल्ला प्रहरी कार्यालय पर्वतले सानालाई एने र ठूलालाई चैन गरेको देउपुरबासीले आरोप लगाएका छन् । एउटै प्रकृतिको मुद्धामा युवा नेतालाई छाडेको र सानालाई मु्द्धा दर्ता गरेको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने क्रममा उनीहरुले यस्तो आरोप लगाएका हु्न् । प्रहरी त सवैको साझा हो भन्थे तर प्रहरी त पहुँचवाला र राजनीतिक दलको रहेछ देउपुरबासीले भने ।

prahari

एउटै प्रकृतिको मुद्धामा कसैलाई कानूनको दायरामा ल्याउनु र कसैलाई खुलेआम छोड्नु यो कस्तो न्याय हो देउपरबासीले आक्रोश पोखे । कानून विपरित काम गर्नेलाई कानूनको दायरामा ल्याउनु राम्रो हो तर यसरी कसैलाई काखा र कसैलाई पाखा गर्नु कानून संम्मत छैन प्रहरी कार्यालय घेराउमा आएका देउपुरका युवा विज्ञान हमालले बताए । ’एक साताअघि मात्रै नेताका आफन्तलाई पक्राउ गरेर पनि कारबाही नै नगरी छाडिएको छ, तर पहुच नभएका जेष्ठ नागरिकलाई हप्तादिनसम्म थुन्दा पनि नछाड्नु कहासम्मको विभेद हो,’ देउपुरका रामचन्द्र तिमल्सिनाले भने ।

उनले बुधबार दिउसो ४ बजेसम्म थुनामा रहेकालाई रिहा नगरे जिल्लाभरको यातायात ठप्प पार्ने चेतावनी दिए । ’बुधबार छाडिएन भने पातिचौर र डिमुवा क्षेत्रमा हामीले प्रहरीलाई सहयोग गरेका सिसिटिभी क्यामेरा निकाल्छौ,’ सामुदायिक सेवा समाज देउपुरका अध्यक्ष समेत रहेका तिमल्सिनाले भने,’अब प्रहरीसँगका सबै सहकार्य बन्द हुन्छ ।’ देउपुर–९ स्थित जितबहादुर हमालको घरमा छापा मार्दा बिहीबार तास खेल्दा रेङगेहात पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले मुद्धा चलाएको भन्दै उनीहरु त्यसको विरोधमा उत्रिएका हुन ।

सक्छौ भने समान व्यवहार गर खुलेआम हिडेका जुवा खेल्ने रेङगेहात पक्राउ परेका नेतालाई पनि कार्वाहीको दायरामा ल्याउ अनि मुद्धा चलाउ र्हैन भने उनीहरुलाई पनि छोड जसरी नेतालाई छोड्यौं, देउपुरबासीको यहि माग छ ।

पक्राउ पर्नेमा, देउपुर–९ का ७० वर्षीय टोपबहादुर हमाल, ७० वर्षीय जितबहादुर हमाल, ७५ वर्षीय जितबहादुर क्षेत्री, ३६ वर्षीय जोतीनन्द हमाल, ३४ वर्षीय नौबहादुर पुन, ४९ वर्षीय शुक्रबहादुर हमाल, ६० वर्षीय प्रेम पुन, ५६ वर्षीय मनबहादुर पुन, ३२ वर्षीय हरिचन्द्र शर्मा, ६० वर्षीय रुपबहादुर परियार, ४० वर्षीय प्रेमबहादुर पुन, ४४ वर्षीय ओम पुन, ४८ वर्षीय प्रेमबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो ।

त्यसैगरी पक्राउ पर्ने अन्यमा ५५ वर्षीय मनप्रसाद पुन, २५ वर्षीय गौप्रसाद पुन, ६० वर्षीय पुर्णबहादुर हमाल, ६२ वर्षीय जयनारायण राजबंशी, ६२ वर्षीय जसबहादुर बिक, ६४ वर्षीय धनबहादुर हमाल, ७५ वर्षीय प्रसाद पुन, क्याङ–६ का ३१ वर्षीय टेकबहादुर पुन, देउराली–६ का ५५ वर्षीय रामबहादुर पुन, क्याङ–५ का ५९ वर्षीय अंगबहादुर तिलिजा पुन रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई शुक्रबार प्रहरीले मुद्दा दर्ता गरेको हो । बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक ओमप्रकाश चौधरीको टोलीले उनीहरुलाई तास खेल्दाखेल्दै पक्राउ गरेको थियो । प्रहरीले छापा मार्ने क्रममा एक झोला तास र २६ हजार छ सय ८६ रुपैयाँ समेत बरामद गरेको जनाएको छ । जुवा खेल्ने, खेलाउने र हेर्ने समेतलाई पक्राउ गरी जुवा मुद्दा चलाएको प्रहरी निरीक्षक ओमप्रकाश चौधरीले बताए ।

चौधरीले रिहा गर्ने बिषय अब अदालतको हातमा रहेको जानकारी दिए । ’मुद्दा अदालतमा गइसकेको छ, रिहा गर्ने कुरा अदालतको हातमा छ,’ चौधरीले भने । यस अघि जिल्लामा युवा नेता सहित ६ जना पक्राउ परेकालाई भने धरौटीमा रिहा गरिएको बताइएको छ तर त्यसको बारेमा प्रहरी मु्ख खोल्न भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने