२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा एक क्विन्टल गाँजासहित दुईजना पक्राउ

२०७४, २० फाल्गुन आईतवार १०:५७

फागुन २०, चितवन | जिल्ला वन कार्यालयको सहयोगमा प्रहरीले एक क्विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गएराति राप्ती नगरपालिका– ११ आँपपानीबाट करिब एक क्विन्टल गाँजा बरामद गरिएको हो । 

सामुदायिक वनमा काठ चोरी हुने गरेको सूचनाको आधारमा निगरानीका लागि गएको जिल्ला वन अधिकृत केदारनाथ पौडेल, सशस्त्र वन रक्षक र शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यसहितको टोलीले गाँजा फेला पारेका हुन् । 

डिजिटारबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ९१०० नंको अटोलाई चेक गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको उहाँले बताउनुभयो । टोलीलाई देख्नासाथ अटोमा रहेका दुईजना भागेको र अन्य दुईजनालाई नियन्त्रणमा लिएर वनको टोलीले प्रहरीलाई बुझाएको थियो । 

पक्राउ पर्नेमा राप्ती नगरपालिका– ४ का २५ वर्षीय राजन तामाङ र ३७ वर्षीय कुमार तामाङ रहेका छन् । दुवैजनालाई लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने ढकालले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण