२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

तरकारी र फलफूलका थोक बजार थपिँदै

२०७४, २० फाल्गुन आईतवार ११:०४

फागुन २०, ललितपुर | काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका शहरमा तरकारी तथा फलफूलका ठूला थोक बजार खुल्न थालेका छन् । 

थोक बजार निजी क्षेत्रले समेत शुरु गरिरहेको कृषि विभागअन्तर्गतको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताउनुभयो । 

यसअघि सरकारको प्रत्यक्ष लगानीमा यस्ता थोक बजार सञ्चालनमा थिए । अहिले निजी क्षेत्रले समेत थोक बजार शुरु गरिरहेका छन् । ठूला थोक बजार किसान र उपभोक्ता दुवैका लागि फाइदाजनक हुने उहाँको भनाइ छ । वाग्लेले भन्नुभयो, “एकातिर किसानले उत्पादनको राम्रो मूल्य पाउँछन् भने अर्कातिर उपभोक्ताले पनि ताजा र कम मूल्यमा तरकारी र फलफूल किन्न पाउँछन् ।” 

देशका विभिन्न शहरमा सरकारको सहयोगमा २७ वटा थोक बजार सञ्चालनमा छन् । यीमात्रै पर्याप्त नभएपछि निजी क्षेत्रले पनि थोक बजार सञ्चालन गर्न थालेका हुन् । काठमाडौँ उपत्यकाको मनोहरामा केही समय पहिलेबाट निजी क्षेत्रले थोक बजार शुरु गरेको छ । उपत्यका बाहिर पनि यस्ता बजार धेरै छन् । 

उहाँ भन्नुहुन्छ, “शहरी क्षेत्रमा जनसंख्या बढ्दै छ, त्यहाँ ठूला थोक बजारको खाँचो छ ।” साना खुद्रा बजार जिल्ला कृषि विकास कार्यालयमा र अरु विभागमा दर्ता भएर सञ्चालनमा छन् । कालीमाटी तरकारी तथा फलफूल बजारको भने नियमन मन्त्रालय आफैँले गर्दै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा