२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

बन्दले शिक्षण संस्था र सरकारी काम समेत ठप्प !

२०७४, २० फाल्गुन आईतवार १७:०५

टेकबहादुर शाही | फागुन २०, डोल्पा | डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिषयमा ४ दिन देखि ओन्दोलन जारी रहेको छ ।आन्दोलन संगै बन्दले आइतबार साबिकका रह र दुनै गाविसका सबै शिक्षण संस्थाहरु ठप्प भएका छन भने जिल्लाका सरकारी कार्यालयमा समेत कामकाज रोकिएको छ । 


सरकारी कार्यालयमा बन्द गर्न संघ्रस समितिले आग्रह गरेको भए पनि त्यसरी सरकारी कार्यालय बन्द गर्न नमिल्ने भन्दै सुरक्षा ब्यवस्था कडाइ पारिएको जिल्ला प्रशासन कार्यालयले जानकारि दिएको छ । दुनैका जनताले अन्दोलन गर्नुको मुख्य उद्धेश्य नै आफुलाइ लिखित रुपमा जानकारी नदिएकोले सुरक्षा निकाय नै अन्योलमा रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । 


बन्दका कारण दुनैको बजार ४ दिन देखि बन्द रहेको छ भने शिक्षण संस्था र बैँकहरु समेत खुल्न सकेका छैनन । बैङ्गिङ कारोवार गर्न आएका जनता समेत अलपत्रनै भएको सेवाग्रहीहरु दुखेसो पोख्छन । आर्थिक कारोवार भने नरोकिएको तर अन्य दिनको जति सहजै सेवाग्राहिलाइ सेवा दिन नसकिएको नेपाल बैँकले जानकारि दिएको छ । 

बन्दले गर्दा दैनिक लाखौको कारोवार नोक्सानी भैरहेको डोल्पा उद्योग बाणिज्यसंघले जानकारी दिएको छ । डोल्पाको मुख्य बजारनै दुनै भएकोले लाखौको ब्यापार नोक्सानी ब्यहोरेर पनि ब्यावसायिले आन्दोलनको सर्मथन जनाएको उद्योग बाणिज्यसंघ डोल्पाको दावी रहेको छ । 

नगरपालिकाको केन्द्र दुनैबाट जुफाल नगर प्रमुख गणेशबाहादुर शाहीले जालसाजी गरेर राति नै सारेको नगर उपप्रमसख योगेन्द्रबहादुर शाहीको आरोप छ । उनी भन्छन जनप्रतिनिधिलाइ झुक्याएर केन्द्र सारीयो कानुनीबाटोबाट फिर्ता गराउछौ ।

बन्दले निजी तथा सरकारी शिक्षण संस्थाहरु बन्द भए पछि बालवालिकाहरु शिक्षा लिनबाट बञ्चित भएकोले छिट्टै टुङग्याइ बिद्यालयहरु खोल्न अभिभाबकले अनुरोध गरेका छन । आन्दोलन र बन्दका कारण एसईई दिने परिक्षर्थिले समेत तयारी कक्षा लिन पाएका छैनन ।


ठुलीभेरि नगरपालिकाको केन्द्र सारेको बिरोधमा वडा नं.१ देखि ४ का साथै १०र११का महिलाहरु नै आन्दोलनमा होमिएका छन । नगरप्रमुख शाहीले नगरसभाले नै निर्णय गरेर सारेको भने पनि आधिकारीकता नभएको नगरउपप्रमुख र अन्य जनप्रतिनिधिको आरोप रहेको छ । 

उता बर्षौ पछि जुफाली जनताले अधिकार पाएको भन्दै जुफालका जनताले खुसियाली मनाइ रहेको छन । नगरप्रमुखले पनि नगरपालिकाको जनताको लागि जुफला नै उपयूक्त भएको कारण केन्द्र जुफालमा सारेको दावी गरेका छन । 

चार दिन देखि निरन्तर भएको आन्दोलनले दुनैको जनजिवन पूरै प्रभाबित भएको छ । आन्तरीक सड्क समेत खुल्न सकेको छैन भने दैनिक उपभोग्य बस्तु समेत किनमेल गर्न पाएका छैनन । गाउगाउबाट आएका नागरिकले समेत बन्दको कारण सास्ती भोग्नु परेको छ । 

यता आन्दोलनको नेतृत्व गरि रहेको संघ्रस समितिले भने सरकारले गरेको निर्णय नसच्याए सम्म आन्दोलन जारी राख्ने बताएको छ । सोहि अनुसार आइतबार धनिराम बुढाथोकीको संयोजकत्वमा १३ सदस्यि संघ्रस समितिको गठन गरि केन्द्रीय सरकारलाइ दवाब दिने बताएको छ । जिल्ला देखि प्रदेश र केन्द्र सम्म सघ्रस समितिले दवाब दिने र सरकारले गरेको निर्णय बदर गराएरै छोड्ने बताउछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी