२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँच सवारी साधन नियन्त्रणमा

२४ भाद्र २०७२, बिहीबार ०७:५९

भदौ २४, पर्वत / अबैध रुपमा ढंगा वालुवा चोरी निकासी गर्ने सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । अबैध रुपमा कटिङ ढुंगा बालुवा चोरी निकासी गर्ने पाँच सवारी साधनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रमणमा लिएको हो ।

बुधबार माझफाट वाट कुश्मा पर्वत तर्फ अबैध रुपमा ल्याउादै गरेको कटिङ ढुंगा सहित ग १ त २३८२ र लु २ त ८९९३ नम्वरको ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने कालीगण्डकी किनारबाट अबैध रुपमा बालुवा, ढुंगा निकाली रहेको क्रममा २ ख ७५६० ,ग १ ख ५०२६ को टिप्पर र ध १ त २७१ नम्वरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नियन्त्रणमा लिइएका सवारी साधनलाई जिल्ला विकास समितिको जिम्मा लगाइएको र कानूनी कार्वाही अगाडी बढेको प्रहरीले बताएको छ । यतिबेला जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लामा सामाजिक विकृति तथा अबैध रुपमा चोरी निकासी गर्ने सवारी साधनलाई पक्राउ गर्ने कार्यलाई तिब्र रुप दिएको छ ।

जिल्लाको शान्ति सुरक्षामा खलल पुर्याउने कसैलाई नछाड्ने बताउने प्रनाउ गंगा पन्त यतिबेला चर्चाको शिखरमा छिन् । जिल्लामा पहिले कसैले पनि जुवा मुद्धामा कसैलाई पक्राउ गरी कानूनको कसीमा ल्याउन नसेको तर पन्तले ल्याएको भन्दै एकतर्फ उनको प्रशंसा गर्नेको जमात भेटिन्छ भने अर्कोतर्फ उनी आफ्नो बोली र व्यवहारमा चुकेको भन्नेहरु पनि भेटिन थालेका छन् ।

जिल्लामा सरुवा भै आएको महिना दिन नवित्दै उनले जिल्लामा दुइ जुवाको खालबाट युवानेता सहित २८ जनालाई पक्राउ गरेता पनि सानालाई मात्रै कानूनी कसी लगाएको तर ठूलालाई छाडेको उनीमाथि आरोप लागेको छ । पन्त माथि लागेको आरोपको खण्डन उनले कसरी गर्छिन त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने