Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

‘प्रेमिकाले गर्भवती भएँ’ भनेपछि प्रेमिले कालिगण्डकीमा फालिदिए

२०७४, २१ फाल्गुन सोमबार ०२:३७

फागुन २१, कुस्मा । आफ्नै प्रेमिकाले गर्भवती भएको बताएपछी प्रेमिले हत्या गरेका छन् । प्रेमिका हत्याको आरोपमा पर्वतका एक युवालाई पर्वत जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

पर्वतको विहादी गाउँपालिका–२, बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश जारी गरेको हो । पराजुलीले बाग्लुङ जैमुनी नगरपालिका–८, घर भएकी २२ वर्षीय कमला शर्मालाई सलले घाँटी बाँधेर कालीगण्डकी नदीमा बगाईदीएका थिए । 

प्रहरीको अनुसार माघ ५ गते पर्वत र गुल्मी जिल्लाको सीमाना जोड्ने कालीगण्डकी पूर्तिघाट झोलुङ्गे पुलमामा शर्मा र पराजुलीबीच भेट भएको थियो । भेटमा पराजुलीको सम्बन्धबाट आफू गर्भवती भएको भन्दै शर्माले तत्काल विवाह गर्न अनुरोध गरेपछि पराजुलीले युवती शर्माको प्रस्तावलाई अस्वीकार गर्दै सलले घाटीमा कसेर कालीगण्डकीमा फालीदिएका थिए ।

पराजुलीले परिवारसामु आफैले हत्या गरेको बताएका थिए । प्रहरीसँग पनि पराजुलीले आफैले मारेको बयान दिएका थिए । आफैले मारेको बयान दिएपछि प्रहरीले उनलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको छ । प्रहरीले दायर गरेको मुद्दामा थप अनुसन्धानका लागि भन्दै पर्वत जिल्लाका जिल्ला न्यायधिश धु्रबप्रसाद सापकोटाको इजलासले पराजुलीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ ।

माघ ५ गतेदेखि युवती हराएपछि पीडित परिवारले करिब ५ दिनपछि १० माघमा जिल्ला प्रहरी कार्यालय बागलुङमा खोजतलासका लागि उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङसहित जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय गुल्मी मातहतका प्रहरी इकाइहरुबाट खोजतलास गर्दा उनको शव गुल्मीको कालीगण्डकी गाउँपालिका–४, घुमाउनेमा १७ माघमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना