२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चर्चमा बालिका माथि लापरवाही गर्नेलाई जेल चलान

२४ भाद्र २०७२, बिहीबार ०८:४९

भदौ २४, पर्वत / चर्चमा परमेश्वरले रोग निको पार्ने भन्दै बालिकामाथि लापरबाही गर्नेलाई जिल्ला अदालत पर्वतले पुर्पक्षका लागि कारगार चलान गरेको छ । बालिकाको रोग निको पार्ने बहानामा बालिकाकोे हत्या गरिएको जिल्ला प्रहरी कार्यालयमा निवेदन परेपछि पक्राउ परेकी सुदाप गाविस वडा नम्बर ४ तेह्रथुम की २५ बर्षीया लक्ष्मी गुरुङलाई न्यायाधिस मोहनचन्द्र भट्टराईको एकल इजलासमा पुर्पक्षका लागि कारगार चलान गरिएको हो । जिल्ला अदालत पर्वतको आदेशले पुर्पक्षका लागि उनी थुनामा परेकी हुन्।

गत साउन २५ गते बेहोस भएकी कुश्मा नगरपालिका ९ की नौ  महीनाकी  एस्तर नेपालीको क्रिश्चियन प्रचार कार्यालय मण्डलिमा उपचार गर्न लगिएको र चर्चमा नै बालिकाको मृत्यु भएपछि मृतकका काका शालिकराम नेपालीले उपचारको नाममा लापरवाही गरेका कारण बालिकाको मृत्यु भएको जाहेरी दिएपछि गुरुङलाई प्रहरीले साउन २८ गते पक्राउ गरेको थियो । चर्चमा गुरुङले बालिकालाई श्वासप्रस्वास नै बन्द हुने गरी मुखमा पानीको बोतल राखिदिएको प्रहरीले सरकारी वकील कार्यालयमार्फत अदालतमा बुझाएको जाहेरीमा उल्लेख छ।

नियमित चर्चमा पु्ग्ने मृतकका बाबु शंकर र आमा बसन्तीले छोरीको मृत्युको विषयमा मुख खोलेका थिएनन् । उनीहरुले छोरीको मृत्युको बारेमा वेवास्था गरेका थिए । तर मृतकका काकाले भने प्रहरीमा जाहेरी दिएका थिए । मृतकका काका शालिकराम नेपालीले ’परमेश्वरको नाममा लापरबाहीले नै ज्यान गएको बताउँछन् । अस्पतालमा पु¥याएको भए भतिजीको ज्यान जाने थिएन, परमेश्वरको भरमा पर्दा भतिजिको ज्यान गयो उनले भने ।

चर्चमा राख्दा बालिकाको अवस्था निकै गम्भीर भएपछि जिल्ला अस्पताल पर्वत पु¥याइएको थियो । जिल्ला अस्पताल पु¥याउदासाथ चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए । बालिकाकी आमा सोही चर्चमा कार्यरत छिन् । बाबु साप्ताहिक रुपमा चर्चमा जाने गरेका थिए।  चर्चमा यसअघि पनि परमेश्वरले रोग निको पार्ने भन्दै भ्रममा बिरामी महिलाहरु आउने गरेका बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली