२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भुकम्पले ध्वस्त विद्यालयलाई पचास हजार सहयोग प्रदान

२४ भाद्र २०७२, बिहीबार १२:४९

12007226_895647033862014_1787995011_n

भूमिराज शर्मा/भदौ २४, पर्वत । जिल्लाको देउपुर गाविसमा रहेको जननेत्र उमाविमा यहाँका एक अभिभावकले पचास हजार नगद सहयोग गरेका छन् ।

गत बैशाखमा आएको विनाशकारी महाभुकम्पले ध्वस्त भएको विद्यालय पुननिर्माणका लागि सोही गाविसको वडा नं ८ निवासी कलाधर जैसी चपाईको परिवारले एक कार्यक्रमकाबीच उक्त रकम प्रदान गरेको हो ।

बिहीबार विद्यालयमा आयोजित नगद हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका भूतपूर्व विद्यार्थी एवं उक्त परिवारका जेष्ठ सुपुत्र जिवन्धर शर्मा जैसीले विद्यालय पुननिर्माणको लागि समुदायको सहयोग महत्वपूर्ण हुने महशुस गरी आफ्नो परिवारले सहयोग गरेको बताउनु भयो ।

सो नगद रकम हस्तान्तरण कार्यक्रममा सहयोग गर्ने चापागाई परिवारका सदस्यहरुलाई विद्यालयले खादा, अबिर र सम्मानपत्रले सम्मान गरेको थियो । सहयोगी परिवारलाई धन्यवाद एवं आभार प्रकट गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यष कृष्ण बहादुर गुरुङले विपदको बेलामा अभिभावक र भूतपूर्व बिद्यार्थीहरुको सहयोगले गर्दा विद्यालय पुननिर्माणको कार्यले गति लिन थालेको बताउनु भयो । साथै उहाँले आआफ्नो तर्फबाट सक्दो सहयोग गर्न सबै सरोकारवालाहरुसँग आग्रह समेत गर्नु भएको थियो ।

विद्यालयलाई प्रदान गरिएको उक्त सहयोग रकम हाल अमेरिकाको क्यालिफोर्नियामा रहेका विद्यालयका भुतपूर्व विद्यार्थी सूर्य प्रसाद शर्माले जुटाउनु भएको परिवारले जनाएको छ । विद्यालयमा हाल भूतपूर्व विद्यार्थीको सहयोगमा एउटा पाँचकोठे कच्ची भवन र अर्को दुई कोठे पक्की भवन निर्माण भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने