2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट: आगलागीमा परी एक घाइते, ७ लाख बराबरको क्षति

फागुन २१, नुवाकोट | लिखु गाउँपालिका–४ चौघडामा आज आगलागी हुँदा एकजना घाइते भएका छन् । आगलागीमा परी रु सात लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

नेपाली सेनामा कार्यरत क्याप्टेन प्रल्हाद थापाको घरमा बिहान आगलागी हुँदा उहाँका भाइ ३० वर्षीय प्रदीप थापाको शरीरको चोट लागेको छ र घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ । 

आगलागीबाट ढुँगामाटोले बनाएको घर पूर्णरुपमा जलेर नष्ट हुँदा एक थान स्कुटर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै नष्ट भएको प्रहरी चौकी ढिकुरेका इञ्चार्ज प्रनानि टेकबहादुर पालले जानकारी दिनुभयो । 

बिहान उज्यालो हुनुअघि घटना भएका कारण इबीमा आगो लगाइदिएको हुनसक्ने भन्दै छानबिनका लागि पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् । 

घटनाको जानकारी बिहान अबेर मात्र प्राप्त भएको र आगो लाग्नुको कारण समेत शंकास्पद देखिएको प्रहरीको भनाइ छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई