२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा १ हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता

२२ फाल्गुन २०७४, मंगलवार ०९:१५

फागुन २२, भक्तपुर | लाभग्राही सूचीमा परेर पनि तेस्रो किस्ता अनुदान रकम लिने भूकम्पपीडितको संख्या जिल्लामा न्यून रहेको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लामा एक हजार ६६ भूकम्पपीडितले मात्रै भवन निर्माणका लागि तेस्रो किस्ता लिएको प्राधिकरणको भक्तपुर शाखाका प्रमुख शिवराम गेलालले जानकारी दिनुभयो । 

जिल्लामा २७ हजार ६४४ भूकम्पपीडित लाभग्राही सूचीमा रहेका छन् । हालसम्म २३ हजार १२५ लाभग्राहीले अनुदान रकमका लागि सम्झौता गरेका छन् । बाइस हजार ७९२ ले पहिलो तथा दुई हजार ७८ भूकम्पपीडितले दोस्रो किस्ता लिएका छन् । 

अनुदान रकम प्रक्रियामा रहेका पनि पहिलो किस्ताका लागि ३३३, दोस्रो किस्ताका लागि ३८५ र तेस्रो किस्ताका लागि ५५० लाभग्राही रहेका छन् भने घरनिर्माण शुरु गर्नेको संख्या सात हजार ३२ मात्रै रहेको गेलालले बताउनुभयो । 

जिल्लामा सगोल परिवारको जग्गा विवाद, पुरातात्विक क्षेत्र, नक्सा पासमा कठिनाई तथा घर बनाउन रकम अभावका कारण घर निर्माणमा ढिलाइ भएको अनुगमनका क्रममा पाइएको उहाँको भनाइ छ । 

कार्यक्रममा प्राधिकरण शिक्षा शाखाका देवकुमार बडालले जिल्लामा तीनवटा विद्यालयको तीन कोठे भवन पुर्नःनिर्माण सम्पन्न भएको, आठवटा विद्यालयको क्रमागत रुपमा निर्माण भइरहेको र नौवटासँग सम्झौता भएको जानकारी दिनुभयो । 

उहाँले भक्तपुर नगरपालिकाभित्र रहेको नमूना विद्यालयको छनोटमा परेको श्रीपद्यम उमाविको करिब रु १४ करोडको लागतमा बन्न लागेको भवन सम्पदा क्षेत्रभित्र परेको भन्दै नगरपालिकाले नक्सापास नगरी दिँदा निर्माण हुन नसकेको र विद्यार्थी निकेतनमा पनि यस्तै समस्या रहेको बताउनुभयो । सम्पदा निर्माणको क्रम जारी रहेको प्राधिकरणले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन