Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

उपचारको आश्वासन देखाएर बिरामीलाई भारत लादै ठग्ने झापाका एक युवा पक्राउ

२०७४, २२ फाल्गुन मंगलवार ११:३०

फागुन २२, झापा | उपचारको नाममा विभिन्न आश्वासन देखाएर भारतको पानीट्यांकीस्थित ‘माँ पाथीभरा क्लिनिक’मा बिरामी पुर्याउँदै ठगी गरेको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोही क्लिनिकमा कार्यरत झापा मेचीनगर नगरपालिका निवासी भूपेन्द्र भट्टराई रहेका छन् । भट्टराईले बिरामीलाई विभिन्न आश्वासन देखाएर उपचारका लागि भारत लगि ठग्ने गरेको बताइएको छ । 

पछिल्लो समय बाह्रदशी गाउँपालिका–– २ राजगढका कालीबहादुर भण्डारी ठगिएको र उहाँले दिएको उजुरीका आधारमा प्रहरीले भट्टराईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 

भट्टराईले पानीट्यांकीको माँ पाथीभरा क्लिनिकमा आफूलाई ‘सहायक विशेषज्ञ’ का रुपमा कार्यरत रहेको भन्दै ठगी गरेको भण्डारीको आरोप छ । पक्राउ परेका भट्टराईलाई प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ