२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

उपचारको आश्वासन देखाएर बिरामीलाई भारत लादै ठग्ने झापाका एक युवा पक्राउ

२२ फाल्गुन २०७४, मंगलवार ११:३०

फागुन २२, झापा | उपचारको नाममा विभिन्न आश्वासन देखाएर भारतको पानीट्यांकीस्थित ‘माँ पाथीभरा क्लिनिक’मा बिरामी पुर्याउँदै ठगी गरेको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोही क्लिनिकमा कार्यरत झापा मेचीनगर नगरपालिका निवासी भूपेन्द्र भट्टराई रहेका छन् । भट्टराईले बिरामीलाई विभिन्न आश्वासन देखाएर उपचारका लागि भारत लगि ठग्ने गरेको बताइएको छ । 

पछिल्लो समय बाह्रदशी गाउँपालिका–– २ राजगढका कालीबहादुर भण्डारी ठगिएको र उहाँले दिएको उजुरीका आधारमा प्रहरीले भट्टराईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 

भट्टराईले पानीट्यांकीको माँ पाथीभरा क्लिनिकमा आफूलाई ‘सहायक विशेषज्ञ’ का रुपमा कार्यरत रहेको भन्दै ठगी गरेको भण्डारीको आरोप छ । पक्राउ परेका भट्टराईलाई प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो