डोल्पाको दुनैम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डोल्पाको दुनैम"/>

2026-10-29 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाको दुनैमा जारी रहेको ओन्दोलनले ५ दिनदेखि पठनपाठन प्रभावित

टेकबहादुर शाही/फागुन २२, डोल्पा | डोल्पाको सदरमुकाम दुनैका पांचवटा बिद्यालय ५ दिन देखि बन्द हुदा बालवालिकाहरु शिक्षा लिनबाट बञ्चिीत रहेका छन ।

डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिषयमा एकसाता देखि सदरमुकाम दुनैमा ओन्दोलन जारी रहेको छ ।

बन्द र आन्दोलनको कारण बिद्यार्थिले बिद्यालय गएर पढ्न पाएका छैनन । सानावालवालिकाको भबिष्य नै अन्धाकारमा पारेको भन्दै बिद्यालय खोल्न अभिभाबकले बन्दकर्ताहरुसंग आग्रह गरेका छन ।  

केन्द्र सारिएको बिषयमा आन्दोलन हुनु र आन्दोलनका मागहरु जायज होलान तर शिक्षा जस्तो स्वतन्त्र निकाय नै बन्द गर्नु अन्याय भएको जिल्ला शिक्षा कार्यालय डोल्पाको भनाइ रहेको छ । दैनिक बन्द र आन्दोलन भएको कारण साबिकको दुनै गाविसका ५ वटा पूरै बन्द रहेको शिल्ला शिक्षा अधिकारी डोलराज काफ्लेले जानकारि दिए । उनका अनुसार निरन्तर आन्दोलनकारीहरु संग छलफल गरेको भए पनि बिद्यालय खुलाउन सकेका छैनौ निरन्तर प्रयासमा छौ ।

पांच दिन देखि बन्द रहेका बिद्यालयहरुका सयौ बालवालिकाहरु शिक्षा लिनबाट बञ्चित रहेका छन । ध्रुवतार आधारभुत बिद्यालय,बाल मन्दीर आधारभुत बिद्यालय,मुकुटेश्वर अपाङ्ग स्रोत बिद्यालय,सरस्वती माध्यामिक बिद्यालयका साथै दुनै बोर्डिङ्ग स्कुल र लर्डबुद्ध बोर्डिङ्ग स्कुलका सयौ बालवालिकाहरु पांच दिन देखि बिद्यालयमा अध्यनअध्यापन गर्न नपाएकोे जिल्ला शिक्षा अधिकारी काफ्लेले जानकारि दिए । 

 बन्द गर्नु र आन्दोलन गर्नु जायज होला तर शिक्ष जस्तो पवित्र क्षेत्रमा साना वालवालिकाको भबिष्य अन्धकार तिर लैजानु राम्रो नभएकोले शिक्षण सस्था खोल्न अनुरोध गरेको दुनै बोर्डिङ्ग स्कुलका प्रिन्सीपल लोकेन्द्र जैसिले बताए । उनले भने अभिभाबकले दैनिक फोन गरेर हैरान बनाउछन तर आन्दोलनकर्ताको बन्दका कारण बिद्यालय खोल्न सकेका छैनौ । 

पढाइ हुने समयमा बिद्यालय हप्तौ सम्म बिद्यालय बन्द हुदा पढाइमा समस्या भएको सरस्वती माध्यामिक बिद्यालयका शिक्षक हरिहर खनालले बताए । उनका अनुसार बैशाख र जेष्ठमा यार्सागुम्बा सिजन हुने भएर पढाइ नहुने र दशै तिहारको बिचमा पढाइ नहुने हुदा यो नै पढाइ हुन सयम भएको बताए । उनले भने यति बेला पढाइ भएन भने कुनै पनि कक्षाको कोर्ष सकिदैन बिद्यालय खोली दिनु पर्यो । 

आन्दोलनकारीहरुले ठुलीभेरि नगरपालिकाको केन्द्र जुफालबाट दुनै नसारे सम्म आन्दोलन र बन्द गरिने भएको हुदा बिद्यालयहरु अनिश्चितकालिन बन्द गर्न बिद्यालयहरुलाइ पत्राचार गरेका छन । नगरपालिका भित्रका सबै बिद्यालयहरु खुले पनि सदरमुकामकै पाचवटा बिद्यालय खुलाउन नसक्नु शिक्षा कार्यालय र प्रशासन माथि प्रश्न उठ्न थालेको छ । 

मंगलबार आन्दोलनकारी संग वार्ता गर्ने र एक निष्कर्षमा पुगेरै छोड्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि दिएका छन । उनका अनुसार शिक्षा जस्तो कुराबाट बालवालिकालाइ बञ्चित हुन नदिने र बुधबारबाट बिद्यालय खुल्ने बताए । उनले भने मागहरु जायज होलान केहि पिडा होलान तर हप्तौ सम्म यसिरी जनजिवन प्रभाबित हुदा टुलुटुलु प्रशासन हेर्न सक्दैन । 

बुधबार पनि बिद्यालयहरु नखुले अभिभाबकले आन्दोलन गर्ने बताउछन । साना वालवालिकाको अधिकारको हनन भएको छ पढ्न पाउनु पर्छ । आन्दोलनका स्वरुप परिर्वतन गर्नु पर्ने तर बिद्यालय र बजार खोल्नु पर्ने होटेल ब्यावसायिहरुको माग छ । तर यता आन्दोलनकारीहरुले भने एक निर्षकश नाउन्जेल सम्म बन्द र आन्दोलन जारी रहने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम