2026-09-13 04:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटका सबै स्थानीय तहका प्राथमिकतामा सडक र विद्युत

फागुन २२, कालिकोट | यहाँका ९ वटै स्थानीय तहले सडक र विद्युतलाई पहिलो प्राथमिकतामा राखेका छन् । जिल्लाका तीन वटा नगरपालिका र ६ वटा गाँउपालिकाहरुले सडक र विद्युत सेवा गाँउगाँउमा नभई अन्य विकासका सम्भावनाहरु उजागर गर्न नसकिने भन्दै आफ्नो कार्यकालको पहिलो बर्ष सडक र विद्युतलाई पहिलो प्राथमिकता दिएका हुन् ।

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलेस्थानीय उत्पादनहरुको बजारीकरण तथा रोजगारी सिर्जना गर्न सडकलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले चालु आर्थिक बर्षमा गाउँपालिकाको कुल बजेट २२ करोड मध्ये झण्डै पाँच करोड बजेट सडक निर्माणमा खर्च गरिने जानकारी दिए । ‘गाउँमा गाडी र बिजुली भएपछि विकासको मुल फुटाउन सकिन्छ’ उनले भने, ‘यस बर्ष गाँउपालिकाका सवै वडाहरुमा सडक सञ्जाल बिस्तार गर्नका लागि बजेट बिनियोजन गरी काम भईरहेको छ ।’ उनले गाँउपालिका सबै वडाहरुमा विद्युत सेवा सञ्चालन गर्न दाम्री खोला साना जलविद्युत आयोजना र दुर्सी साना जलद्यिुत आयोजना निर्माण प्रक्रियामा रहेको बताए ।

तिलागुफा नगर प्रमूख रतनबहादुर शाहीले आफुले बढीमा २ बर्षभित्र नगरपालिकाका ११ वटै वडाहरुमा सडक सञ्जालले जोड्ने गरी सडक निर्माणको कामलाई गति दिएको बताए । उनले यस बर्ष नगरपालिकाबाट झण्डै साढे पाँच करोड सडक निर्माणमा बजेट विनियोजन गरी काम थालिएको बताए । उनले तिलागुफा नगरपालिका प्राकृतिक रुपमा बरदान पाएको, जल, जंगल र जडीबुटी तथा नगदे बालीको प्रचूर सम्भावनाहरु भएको बताउँदै सडक र विद्युत सेवा नगरमा नहुँदा उपयोगविहीन भएको उनको भनाई छ ।

कालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले आफुने गाउँपालिकाका तीन वटा ठाँउबाट डोजर लगाएर सडक निर्माणको कामलाई तीब्रता दिएको बताए । उनले कालिका गाउँपालिका भौगोलिक रुपमा निकै कठिन भएकाले कामदारबाट सडक निर्माण गर्न ढिलाई हुने भएकाले आफुले डोजर लगाउनु परेको बताए । उनले आफ्नो गाउँपालिकाले यस बर्ष सडकमा मात्र ५ करोड २५ लाख बजेट बिनियोजन गरिएको जानकारी दिए ।

विद्युत सेवा बिस्तारका लागि पनि तीन वटा साना योजनाहरुमा ६० लाख बजेट बिनियोजन गरिएको उनले बताए । कालिका गाउँपालिकामै निर्माण हुन लागेको तीला १ र तीला २ हाईड्रो निर्माण भएपछि गाँउपालिकाको आर्थिक विकासमा ठुलो फड्को मार्ने उनको विश्वास छ । नरहरीनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले यस बर्ष गाउँपालिकाले झण्डै ८ करोड बजेड सडकमा मात्र बिनियोजन गरेको बताए ।

छुट्टाछुट्टै तीन ठाँउबाट सडकलाई जोडेर आफ्नो कार्यकालभित्र सबै वडाहरुमा गाडी गुडाउने लक्ष्य राखेको उनको भनाई छ ।  जिल्लाको रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, पचालझरना गाउपालिका र शान्नित्रिवेणी गाउँपालिका र महाबै गाउँपालिकाले पनि पाँच करोड भन्दा बढी बजेट सडक निर्माणमै बिनियोजन गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले