२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भैरव देवताका पुजारीको तलब बोकाको टाउको

२०७२, ६ आश्विन बुधबार १२:०५

parbat news

असोज ६, पर्बत । तपाई कुनै सरकारी निकायमा काम गर्नुस् या नीजि संस्थाको कार्यालयमा पद र क्षमता अनुसार निश्चित रकम तलव तोकिएको हुन्छ । तलव विना कसैले काम गर्दैन ।

तलव भनेपछि निश्चित रुपैया उल्लेख गरिन्छ । यहाँको एक चर्चित देवताको मन्दिरमा पुजा गर्न राखिएका पुजारीको तलव भने बोकाको टाउको तोकिएको छ । भक्तजनले बलि चढाएको बोकाको धेरै टाउका मध्ये एउटा टाउको नै पुजारीको तलव हो । बाग्लुङको अमलाचौरस्थित भैरवस्थान देवताका पुजारी टेकबहादुर शाहीले पुजा गरे वापत मासिक कुनै तलव भुक्तानी पाउने गरेका छैनन् ।

उनले तलव पाउँछन् भने बोकाको एउटा टाउको । तलव वापतको बोकाको एउटा टाउको मन्दिर व्यवस्थापनको ठेक्का लिने ठेकेदारले दिने गर्दछ । यो आर्थिक वर्ष पुजा व्यवस्थापनको ठेक्का ५ लाख बराबरमा दिईएको बताईएको छ । पुजारी शाही विगत पाँच वर्षदेखि भैरव देवताको पुजा गर्दै आएका छन् । भैरव देवतालाई प्रत्येक महिनाको मंगलवार र शनिवार भक्तजनहरुले बोकाको बलि चढाउने गर्दछन् ।

प्रत्येक मंगलवार र शनिवार चढ्ने बलिको संख्या यकिन नहुने पुजारी शाही बताउँछन् । शनिवार भन्दा मंगलवार बोकाको बलि धेरै चढ्ने पुजारीको भनाई छ । सामान्य महिनाहरुमा मंगलवार न्यूनतम दश वटा र शनिवार पाँच वटा सम्म बलि चढ्ने गर्दछ । आफ्नो मनोकामना पुरा गर्न भक्तजनले बलि चढाउने गरेको पाइन्छ । पुजारीका अनुसार मंसीर र वैशाखमा बलि चढ्ने संख्या मंगलवार एक दिन मात्र बढीमा ४० देखि ५० वटा सम्म हुन्छ ।

धेरै टाउको चढेको दिन पनि पुजारीले पाउने भनेको एउटै टाउको हो । ठेकेदारले मन्दिरमा चढाउने टाउकालाई न्यूनतम ५०० रुपैया देखि २५०० रुपैया सम्ममा विक्री गर्दछ । मूल्य बोकाको टाउकोको आकार अनुसार तय हुने पुजारीको भनाई छ । मन्दिरमा भक्तजनले चढाएको दान रकम सवै ठेकेदारलाई बुझाउने पुजारीले बताए । भैरवस्थान गुठी व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र थापाले पुजारीको तलव बोकाको एउटा टाउको भएको स्वीकार गर्छन् ।

उनी भन्छन्–‘यो परम्परादेखि चल्दै आएको नियम हो ।’ पुजारी शाही भने बोकाको एउटा टाउकोबाट मात्र आफ्नो दैनिक गुजारा धान्न मुश्किल भएको बताउँछन् । नवदुर्गा र चैत्राष्टमीमा नौ दिन नै विशेष भैरवको विशेष पुजा गरिन्छ ।

एकै दिन ४०० देखि ५०० जना सम्म टाढा टाढाबाट भक्तजनहरु आउने पुजारीको भनाई छ । भैरवलाई काल भैरवको रुपमा पुजा गर्दै भक्तजनहरुले भाकल गर्ने गर्दछन् । भक्तजनले धनप्राप्ति, सुखशान्ति, मुद्धामामिला मिलोस्, सन्तान प्राप्ति होस् भनी भाकल र पुजा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की