2026-10-18 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा वनमा लागेको आगो गाउँमा पसेपछि छ घर ध्वस्त

फागुन २३, तेह्रथुम (रासस) | वनमा लागेको डढेलो गाउँमा पस्दा जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्माका छवटा घर जलेर नष्ट भएका छन् । 

स्थानीयवासी गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । 

गाउँसँगै रहेको हात्ती आहाल सामुदायिक वनमा मंगलबार दिउँसो करिब ३ बजे सल्किएको आगो हावाहुरीका कारण गाउँमा पसेको थियो । साढे ३ बजेदेखि घरमा सल्किएको आगोले फुसको छानो भएका, पाली सहितका छवटा घर, लत्ताकपडा, नगद र गरगहनासमेत जलेर नष्ट भएको वडाध्यक्ष तुलसीराम खनालले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट रु ४४ लाख २७ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो सल्किएपछि तुरुन्तै आगो निभाउने जनशक्ति र पानी दुवै अभाव भएकाले ठूलो क्षति भएको प्रजिअ खनालले बताउनुभयो । 

छवटै घरमा आगो सल्किएपछि मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीले स्याउलाले हिर्काएरै साँझ ६ बजे आगो नियन्त्रणमा लिएका थिए । लालीगुराँस नगरपालिकासँग दमकल भए पनि सडक नभएका कारण आगो निभाउन समस्या भएको हो । वनमा आगो मान्छेले नै लगाएको भन्ने खुले पनि कसले लगाएको भन्ने थाहा नभएको वडाध्यक्ष खनालले बताउनुभयो । 

वनमा आगो लगाउनेको बारेमा सूचना आए आफूले मुद्दा दर्ता गरी कारबाही गर्ने प्रजिअ खनालले बताउनुभयो । जलेका छवटामध्ये दुईवटा घरमा मान्छे थिएनन् । गुरु लुइँटेल र एकराज तिम्सिनाले जमीन बाँझै र घर खाली नै छाडेर गत वर्ष नै बसाइँ सरेका थिए । 

बाँकी रहेका गोविन्द अधिकारीको चार, लक्ष्मी अधिकारीको ६, नरेन्द्र अधिकारीको पाँच र लोकनाथ न्यौपानेको पाँचजनाको परिवार आगलागीले घर जलेपछि मंगलबार छिमेकीको शरणमा परेका छन् । उनीहरुलाई बुधबार राहत उपलब्ध गराउने जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रजिअ खनालले जानकारी दिनुभयो । वनबाट नजिकमा रहेको गाउँमा लहरै घर भएकाले सबै घर जलेका घटनास्थलमा पुगेका प्रहरी हवल्दार दीपेश चौधरीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु