२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा लक्ष्यअघि नै सिँचाइ आयोजना सम्पन्न

२०७४, २४ फाल्गुन बिहीबार ०८:०९

फागुन २४, म्याग्दी | मालिका गाउँपालिका–६ दुखुबेसीमा लक्ष्यअघि नै सिँचाइ आयोजना निर्माण भएको छ । 

जिल्लामा सञ्चालित दर्जनौँ विकास आयोजना ढिलासुस्तीका कारण थला परेको अवस्थामा दुखुखोला सिँचाइ आयोजना भने लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको हो । 

सिँचाइ विकास सब डिभिजन कार्यालयले ठेक्कामार्फत गत आर्थिक वर्षदेखि सो आयोजना निर्माण शुरु गरेको थियो । आगामी असार महिनासम्ममा आयोजना सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले माघमै काम सकेको सब डिभिजन प्रमुख इन्जिनियर दिनेश आचार्यले बताउनुभयो । 

“समुदायको सहयोग, निर्माण व्यवसायीको सक्रियता र कार्यालयको समन्वयका कारण लक्ष्यअघि नै काम सकिएको हो,” उहाँले भन्नुभयो । 

उक्त आयोजनामार्फत ७६५ मिटर नहर निर्माण गर्नका लागि रामकृष्ण कन्सट्रक्सनसँग रु ३० लाख ५५ हजारमा ठेक्का सम्झौता भएको थियो । आयोजनामार्फत दुखुबेसीको २५ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । दुई सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । 

यसअघि कच्ची नहरबाट पानी ल्याएर सिँचाइ गरिँदै आएको थियो । नहरबाट पानी चुहिएर खेतबारीमा सिँचाइ गर्न पर्याप्त पानीको अभाव भएको थियो । पक्की नहर बनेपछि नरहमा पर्याप्त मात्रामा पानी आपूर्ति भएको र बाह्रै महिना खेतीबाली लगाउन पाएको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर पुन बताउनुहुन्छ । 

“सिँचाइ गर्न पालो पर्खनुपर्ने समस्या हटेको छ । पानी लगाउनका लागि सँधै हुने विवाद हटेको छ,” उहाँले भन्नुभयो । 

सिँचाइ योजना सम्पन्न भएपछि खाद्यबालीको उत्पादन बढ्ने कृषकले अपेक्षा गरेका छन् । फलफूल र तरकारीको व्यावसायिक खेती गरेर आम्दानी गर्ने सम्भावना बढेको छ । मुख्य नहर बने पनि शाखा नहर र पाइपलाइन विस्तारको आवश्यकता देखिएको कृषकले बताएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै