२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा अनियमित विद्युत् आपूर्तिले उपभोक्ता हैरान

२०७४, २४ फाल्गुन बिहीबार १०:११

फागुन २४, खोटाङ | पटकपटकको विद्युत् आपूर्ति बन्दले खोटाङ र ओखलढुङ्गाका उपभोक्ता हैरान भएका छन् । लामो दूरी, जंगलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जाने गर्दा पटकपटक विद्युत् आपूर्ति बन्द हुन्छ । यो समस्याबाट दुई जिल्लाका हजारौँ सेवाग्राही हैरानीमा परेका हुन् । 

अहिले ३३ केभी प्रसारण लाइन विद्युत् विस्तार गरिएका दुई जिल्लामा करिब हप्ता दिनसम्म विद्युत् अवरुद्ध हुने गरेको छ । विद्युत् आपूर्ति खुलाउन प्राधिकरणले प्राविधिक टोली तत्कालै पठाए पनि उनीहरु विभिन्न बहानामा फोन सम्पर्क नहुने ठाउँ गएर बस्ने गरेका छन् । 

दिक्तेलस्थित कार्यालयबाट खटिएका प्राविधिक टोली भत्ताको लोभमा विद्युत् आपूर्ति खुलाउन नचाहने स्रोतको दाबी छ । “कार्यालयबाट आउने प्रविधिज्ञ मासु र रक्सी खाएर बस्छन्,” नाम नभन्ने शर्तमा एक उपभोक्ताले भने, “उनीहरु गाउँमा आएर मोजमस्ती गर्दै बसेपछि अवरुद्ध विद्युत् कसरी खुल्छ ?” दिक्तेल–गाईघाट प्रसारण लाइन लामो दूरी भएकै कारण पटकपटक समस्या आउने गरेको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख नारायणप्रसाद चौधरीले बताउनुभयो । “मौसाममा खराबी आउनासाथ ठाउँ ठाउँमा विद्युत् अवरुद्ध हुने गरेको छ,” उहाँले भन्नुभयो, “पटकपटकको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न लागिपरेको छु ।” 

जिल्लामा अलि बढी पानी पर्दा, हुँडरी चल्दा र बाढी तथा पहिरो आउँदा विद्युत् अवरुद्ध हुने गरेको छ । वर्षात्को समयमा अवरुद्ध भएको विद्युत् आपूर्ति खुलाउन करिब हप्ता दिन लाग्ने गरेको छ । खोटाङ र ओखलढुंगामा विस्तार गरिएको ३३ केभी विद्युत् प्रसारण लाइनको स्तरोन्नति नगरिएसम्म समस्या रहिरहने उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “पुरानो संरचनामै क्षमता विस्तार गरिएको छ,” उहाँले भन्नुभयो, “यसप्रति समयमै ध्यान नदिइए ठूलो दुर्घटना हुने सम्भावना छ ।” कमजोर संरचना भएकै कारण अवरुद्ध विद्युत् लाइन मर्मत गर्ने क्रममा खोटाङमा मात्रै अहिलेसम्म आधा दर्जनभन्दा बढी प्रविधिज्ञको ज्यान गइसकेको छ । धेरै प्रविधिज्ञ अंगभंग भएर बसेका छन् । 

वर्षात्को समयमा विद्युत् अवरुद्ध नहोस् भनेर प्रसारण लाइन वरपर रहेको झाडी फाँड्ने गरिएको छ । जंगलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सबस्टेशनमा जोडिएको विद्युत् दुई जिल्लामा विस्तार गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लाको साबिकको ४१ गाविसमा तथा एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगा जिल्लाको सदरमुकाममा मात्र केन्द्रीय लाइनको विस्तार भएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५७ सालमा उद्घाटन गर्नुभएको केन्द्रीय प्रसारण लाइनको विद्युत् अहिलेसम्म सबै पालिकामा विस्तार हुन सकेको छैन । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित