Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भंगरामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

By साझासवाल 3 मिनेट पढाइ

असोज १४, पर्वत / सघिंय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगत स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (एल.जि.सी.डि.पी) अन्तर्गतको स्थानिय शासन उत्तरदायि संयन्त्र (एल जि ए एफ­­ )को सहयोग र नवचेतना सामुदायिक विकास केन्द्रको आयोजनामा मिति २०७२ साल असोज १२ गतेका दिन भंगरा गाविसमा स्थानिय निकायको कानुनी तथा नीगिगत व्यवस्था पालना अनुगमन कार्यक्रम अन्र्तगत गाविस स्तरिय अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भयो ।

गाविस सचिव होमनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा गाविसमा क्रियाशिल विभिन्न राजनीतिक दल, वडा नागरिक मंच, नागरिक सचेतना केन्द्र, अपाङ्ग संजाल, महिला संजाल तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमा सहभागीहरुले गाविसका काम कारवाही हरु पारदर्शी नभएका अव देखि पारदर्शी बन्नुपर्ने कुरामा जोड दिएका थिए । योजनाहरु छनौट गर्दा वनाम र नासके लाई खवरै नगरी बजेट बाडँफाड गरिएको वताएका थिए । कार्यक्रमा वोल्दै गाविस सचिवले अबका दिनहरुमा योजना छनौट र कार्यन्वयनका चरणमा सवैलाई समेटेर लैजाने र पारदर्शिता र सुशासन मुखी बनाउने प्रतिवद्धता जाहेर गरेका थिए । उक्त कार्यक्रममा कार्यक्रको उद्धेश्य माथि अनुगमन अधिकृत स्ुदिप लामिछानेले प्रकाश पारेका थिए । स्वागत मन्तव्य अनुगमन अधिकृत प्रकाश पौडेल गरेको बताइएको छ ।