2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभामा खानेपानीको हाहाकार

योगेन्द्र योगी/वैशाख २५ , संखुवासभा
पिउने पानीको संकट भोगिरहेका धुपु गाविसका बासिन्दाहरुमा लामो खडेरीका कारण पानीको मुहान
सुकेपछि झनै समस्या भएको छ ।

पिउने पानीको अभावमा धुपुका
बासिन्दाहरु काकाकुल बनेकाछन् । हरेक वर्षको गर्मी याममा सो क्षेत्रका बासिन्दाहरुले पिउने पानीको
समस्या भोग्दै आएकाछन तर स्थायी समाधानकालागि सरोकारवाला निकायले कुनै चाँसो नदिएको धुपुका स्थानीय
बासिन्दा वीर बहादुर योगीले बताए ।

दलित र जनजातिहरुको बसोवास
रहेको सो वस्तीको समस्याका बारेमा सरोकारवाला निकाय समेत बेखवर रहेको देख्दा आफूहरु दुःखी भएको एक
स्थानीयले बताए । पिउने पानीको खोजीमा स्थानीयहरु भौतारिनुपर्ने बाद्यता रहेको छ ।

तर त्यसको समाधानको दीर्घकालिन समाधानका बारेमा कसैले पनि सोचिदिएनन् अर्का
स्थानीय बासिन्दा दल बहादुर योगीले बताए । पानीकै अभावमा घरघरमा निर्माण गरेका शौचालयहरु प्रयोगविहीन
अवस्थामा पुगेकाछन् । २०७२ चैतमा सो क्षेत्र खुला दिसामुक्त क्षेत्र घोषणा भएको थियो ।

तर अहिले पानीको अभावका कारण शौचालय प्रयोगमा ल्याउन समस्या हुने गरेको
स्थानीयको भनाई छ । अहिले स्थानीयहरु शौचकालागि जंगल धाउनुपर्ने अवस्था रहेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई