Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शिक्षा/स्वास्थ्य क्षेत्रमा भएको ब्यापारिकरण रोक्न आवश्यक : रायमाझी

By साझासवाल 3 मिनेट पढाइ

<p>फागुन २५, अर्घाखाँची | सन्धखर्क नगरपालिका&nbsp; वार्ड नं. २ का अध्यक्ष माेतिजङ्ग रायमाझीलेले शैक्षिक गुणस्तर&nbsp; बृद्धिकाे लागि शिक्षक,बिद्यार्थी&nbsp; र अभिभाव बीच सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्नुपर्ने&nbsp; बताउनु भयाे ।</p><p>भगवती&nbsp; माध्यमिक बिद्यालय&nbsp; सन्धिखर्क काे बधाई&nbsp; तथा शुभकामना कार्यक्रममा मन्तव्य&nbsp; राख्दै&nbsp; उहाँले बर्तमान शिक्षा प्रणालीमा व्यापक सुधारकाे खाँचो औल्याउनु भयाे । रायमाझीले&nbsp; शिक्षा&nbsp; र स्वास्थ्य क्षेत्रमा भएको व्यापारी करण नराेके सम्म गरिब जनताका छाेरा छाेरीले पढ्न सक्ने अबस्था नै नरहेको&nbsp; भन्दै निशुल्क र अनिवार्य&nbsp; शिक्षाको&nbsp; बिषयमा&nbsp; जाेडदिनु भयाे । </p><p>बिद्यालयका प्रधानाध्यापक श्यामबहादुर&nbsp; भुसालको अध्यक्षता र शाेभाखर पन्थीकाे संचालनमा सम्पन्न कार्यक्रममा बिद्यालय व्यवस्थापन&nbsp; समितिका अध्यक्ष शिबहरी पाैडेल, सदस्य द्वय भाेजबहादुर गन्दर्व, तुल्सी गैरे, सल्लाहकार लेखनाथ भुसाल , बिष्णु&nbsp; ढुङ्गाना,शिक्षक कृण्ण प्रसाद भुसाल&nbsp; लगायतका बक्ताहरुले मन्तव्य&nbsp; राख्दै शैक्षिक गुणस्तर बृद्धिमा जाेडदिनु भयाे । कार्यक्रममा बिद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । यसबर्ष भगवती माध्यमिक बिद्यालय बाट १२५ जना बिद्यार्थी एस.ई.ई. परिक्षामा समाबेस हुँदै छन् ।<br></p>