Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण २६ गते, अपराह्न ५:३३ बजे कृषि गतिबिधी, नुवाकोट - NWK

नुवाकोटका उत्कृष्ट किसान सम्मानित, को-को बने उत्कृष्ट ?

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २६, नुवाकोट (रासस) | तरकारी तथा फलफूल प्रदर्शनीमा उत्कृष्ट भएका किसानलाई सम्मान गरिएको छ ।

विदुरमा सञ्चालन भइरहेको पाँचौँ नुवाकोट महोत्सवमा तरकारी तथा फलफूलका विभिन्न सात विधामा उत्कृष्ट भएका किसानलाई नगद र सम्मानपत्रबाट शुक्रवार पुरस्कृत गरिएको हो ।

सम्मानित हुनेहरुमा काउली–बन्दा समूहबाट दुर्गादेवी दाहाल (पहिलो), बैकुण्ठ कोइराला (दोस्रो), सुमन दाहाल (तेस्रो) र सुजीता पुडासैनी (सन्त्वना) छन् ।

त्यस्तै, लहरे तरकारी समूहतर्फ सोमबहादुर मोक्तान (पहिलो), दीलबहादुर गुरुङ (दोस्रो), जागरुक कृषि सहकारी संस्था (तेस्रो ) र रत्नबहादुर कार्की (सन्त्वना) छन् भने बाली समूहतर्फ (आलु, गोलभेँडा, मुला, रायो) रामप्रसाद पुडासैनी पहिलो, सोमबहादुर तामाङ दोस्रो, थानसिंह कृषि सहकारी संस्था तेस्रो र माधव दाहाल सान्त्वना छन् ।

यसैगरी बाली समूहको खाद्यान्नतर्फ जागरुक कृषि सहकारी संस्था पहिलो, जीवराज खतिवडा दोस्रो, मुकुन्द दाहाल तेस्रो र धुर्वेन्द्र बोहरा सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो ।

त्यस्तै बाली समूहकै फलफूलतर्फ सूर्य तामाङ पहिलो, रमेश चित्रकार दोस्रो, सोमबहादुर तामाङ तेस्रो र विपीन पुडासैनी सान्त्वना पुरस्कार हासिल गर्नुभयो भने बाली समूहकै नगदे तथा मसला समूहतर्फ मेघबहादुर तामाङ पहिलो, नेमाकाजी तामाङ दोस्रो, माधवप्रसाद भट्ट तेस्रो र ज्योति पुडासैनी सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।

यसैगरी बाली समूहको विभिन्न बाली समूहतर्फ मेघबहादुर तामाङ पहिलो, दीलबहादुर गुरुङ दोस्रो, लक्ष्मी मुनाकर्मी तेस्रो र नकुल भण्डारी सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।