२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दैविक प्रकोपवाट घरवार विहिनका लागि एक हजार पक्की घर र १४० विद्यालय निमांण गरिने

२४ आश्विन २०७२, आईतवार ०६:५८

असोज २४, पर्वत । नेष्डो सुचना विभाग/स्वार्थ भन्दा माथि सेवा भन्ने आर्दशका साथ विश्वभरका दीन दुखीको सेवामा समर्पित रँहदै आएको रोटरी इन्टरनेशनल, ३२९२ नेपाल भुटानले भुकम्प लगायत दैविक प्रकोपवाट घरवार विहिन भएका एक हजार परिवारलाई पक्की घर एवम् १ सय ४० वटा विद्यालय भवन निर्माण गरिदिने भएको छ ।

ग्रामीण क्षेत्रमा रोटरी अभियानलाई विस्तार गर्ने क्रममा ५ वर्ष पहिले पर्वतमा स्थापित रोटरी क्लव अफ पर्वतको क्लव अफिसिएल डिजी भिजिट कार्यक्रमका सन्दर्भमा प्रमुख अतिथिको आसनवाट वोल्दै रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गर्भनर रो.केशव कुँवरले शुक्रवार पर्वतमा सो कुरा वताउनु भएको हो । रोटरीले नेपालका साथसाथै विश्वभर शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा धेरै काम गरेको तर यथोचित प्रचार प्रसार नगरेको भन्दै आजभोली त्यस तर्फ पनि ध्यान दिएको वताउनु भयो । रोटरीकोे आवास योजनामा छुट्टाछुट्टै छिरलेर घर निर्माण गर्ने नभै कम्तिमा ५० वटा एउटै कलष्टरमा निर्माण गरिने वताउनु भयो ।

प्रत्येक कलष्टरमा सामुदायिक भवन, सामुदायिक स्वास्थ्य केन्द्र, विद्यालय लगायत एकिकृत सेवाको समेत सुनिश्चित गर्न पहल गरिने उहाँले जानकारी दिनु भयो । कार्यक्रममा वोल्दै डिष्ट्रिक सेक्रेटरी रो.चिन्तामणी भट्टराईले रोटरी अभियानमा संलग्न हुनु आर्जनको केही अंश विश्वभरका दीनदुखीलाई दान गरेर सन्तुष्टी प्राप्त गर्ने मार्ग भएको वताउनु भयो ।

यसैगरी रोटरी जोन २१ का एसिस्टेन्ट गर्भनर रो.केशव आचार्यले रोटरियनहरुको कार्य पद्धती र जीवन शैली अरुभन्दा पृथक वनाउन सकेमात्र समाजमा छवि उच्च हुने वताउनु भयो । कार्यक्रममा रोटरी रिजन–४ का जोईन्ट सेक्रेटरी डिल्ली प्रसाद शर्माले रोटरीले संख्यात्मक वृद्धि भन्दा गुणस्तरीता कायममा जोड दिने गरेको वताउनु भयो ।

क्लवको वार्षिक लक्ष्य र सम्पन्न गतिविधी वारेमा सर्भिस प्रोजेक्ट कमिटी चियर हिम वहादुर पौडेल, क्लव एडमिनेष्ट्रेशन कमिटी चियर चन्द्र वहादुर क्षेत्री, पव्लिक रिलेसन कमिटी चियर रो.मिन प्रसाद श्रेष्ठ, मेम्वरसीप कमिटी चियर रो. मिना के.सी. र युथ सर्भिस कमिटी चियर रो.नवराज भण्डारीले क्लवको रोटरी वर्ष २०१५÷१६ को क्षेत्रगत वार्षिक लक्ष्य र यस अवधीमा प्राप्त उपलव्धीका वारेमा प्रस्तुत गर्नु भएको थियो । यसै गरी कार्यक्रममा पुर्व अध्यक्ष शिव पौडेल र गोपी अधिकारीले क्लवका विविध पक्षहरुको वारेमा जानकारी गराउनु भएको थियो । क्लवले पर्वत जिल्लाको शिक्षा, स्वास्थ्य एवम् सामुदायिक विकासको क्षेत्रमा झण्डै एक दर्जन परियोजनाहरु सञ्चालन गरेको छ ।

कार्यक्रममा क्लवमा भर्खर मात्र प्रवेश गर्नु भएका नव रोटरीयन सहप्रध्यापक प्रेम शुसिल गौतम, सामाजिक अगुवा वालगोपाल श्रेष्ठ, व्यवसायी मधुसुधन उपाध्याय र कृष्ण प्रसाद शर्मालाई इन्डक्ट गराई रोटरी पिन प्रदान गरिएको थियो ।

कार्यक्रम रोटरी क्लव अफ पर्वतका अध्यक्ष रो. गणेश वहादुर क्षेत्रीको अध्यक्षता, संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको धन्यवाद, आगमी अध्यक्ष रो. गणेश पौडेलेको स्वागत एवम् सहसचिव नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको रेडियो सम्वृद्धका पर्वत शहकर्मी रो. उत्तम अधिकारीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने