२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दैविक प्रकोपवाट घरवार विहिनका लागि एक हजार पक्की घर र १४० विद्यालय निमांण गरिने

२०७२, २४ आश्विन आईतवार ०६:५८

असोज २४, पर्वत । नेष्डो सुचना विभाग/स्वार्थ भन्दा माथि सेवा भन्ने आर्दशका साथ विश्वभरका दीन दुखीको सेवामा समर्पित रँहदै आएको रोटरी इन्टरनेशनल, ३२९२ नेपाल भुटानले भुकम्प लगायत दैविक प्रकोपवाट घरवार विहिन भएका एक हजार परिवारलाई पक्की घर एवम् १ सय ४० वटा विद्यालय भवन निर्माण गरिदिने भएको छ ।

ग्रामीण क्षेत्रमा रोटरी अभियानलाई विस्तार गर्ने क्रममा ५ वर्ष पहिले पर्वतमा स्थापित रोटरी क्लव अफ पर्वतको क्लव अफिसिएल डिजी भिजिट कार्यक्रमका सन्दर्भमा प्रमुख अतिथिको आसनवाट वोल्दै रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गर्भनर रो.केशव कुँवरले शुक्रवार पर्वतमा सो कुरा वताउनु भएको हो । रोटरीले नेपालका साथसाथै विश्वभर शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा धेरै काम गरेको तर यथोचित प्रचार प्रसार नगरेको भन्दै आजभोली त्यस तर्फ पनि ध्यान दिएको वताउनु भयो । रोटरीकोे आवास योजनामा छुट्टाछुट्टै छिरलेर घर निर्माण गर्ने नभै कम्तिमा ५० वटा एउटै कलष्टरमा निर्माण गरिने वताउनु भयो ।

प्रत्येक कलष्टरमा सामुदायिक भवन, सामुदायिक स्वास्थ्य केन्द्र, विद्यालय लगायत एकिकृत सेवाको समेत सुनिश्चित गर्न पहल गरिने उहाँले जानकारी दिनु भयो । कार्यक्रममा वोल्दै डिष्ट्रिक सेक्रेटरी रो.चिन्तामणी भट्टराईले रोटरी अभियानमा संलग्न हुनु आर्जनको केही अंश विश्वभरका दीनदुखीलाई दान गरेर सन्तुष्टी प्राप्त गर्ने मार्ग भएको वताउनु भयो ।

यसैगरी रोटरी जोन २१ का एसिस्टेन्ट गर्भनर रो.केशव आचार्यले रोटरियनहरुको कार्य पद्धती र जीवन शैली अरुभन्दा पृथक वनाउन सकेमात्र समाजमा छवि उच्च हुने वताउनु भयो । कार्यक्रममा रोटरी रिजन–४ का जोईन्ट सेक्रेटरी डिल्ली प्रसाद शर्माले रोटरीले संख्यात्मक वृद्धि भन्दा गुणस्तरीता कायममा जोड दिने गरेको वताउनु भयो ।

क्लवको वार्षिक लक्ष्य र सम्पन्न गतिविधी वारेमा सर्भिस प्रोजेक्ट कमिटी चियर हिम वहादुर पौडेल, क्लव एडमिनेष्ट्रेशन कमिटी चियर चन्द्र वहादुर क्षेत्री, पव्लिक रिलेसन कमिटी चियर रो.मिन प्रसाद श्रेष्ठ, मेम्वरसीप कमिटी चियर रो. मिना के.सी. र युथ सर्भिस कमिटी चियर रो.नवराज भण्डारीले क्लवको रोटरी वर्ष २०१५÷१६ को क्षेत्रगत वार्षिक लक्ष्य र यस अवधीमा प्राप्त उपलव्धीका वारेमा प्रस्तुत गर्नु भएको थियो । यसै गरी कार्यक्रममा पुर्व अध्यक्ष शिव पौडेल र गोपी अधिकारीले क्लवका विविध पक्षहरुको वारेमा जानकारी गराउनु भएको थियो । क्लवले पर्वत जिल्लाको शिक्षा, स्वास्थ्य एवम् सामुदायिक विकासको क्षेत्रमा झण्डै एक दर्जन परियोजनाहरु सञ्चालन गरेको छ ।

कार्यक्रममा क्लवमा भर्खर मात्र प्रवेश गर्नु भएका नव रोटरीयन सहप्रध्यापक प्रेम शुसिल गौतम, सामाजिक अगुवा वालगोपाल श्रेष्ठ, व्यवसायी मधुसुधन उपाध्याय र कृष्ण प्रसाद शर्मालाई इन्डक्ट गराई रोटरी पिन प्रदान गरिएको थियो ।

कार्यक्रम रोटरी क्लव अफ पर्वतका अध्यक्ष रो. गणेश वहादुर क्षेत्रीको अध्यक्षता, संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको धन्यवाद, आगमी अध्यक्ष रो. गणेश पौडेलेको स्वागत एवम् सहसचिव नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको रेडियो सम्वृद्धका पर्वत शहकर्मी रो. उत्तम अधिकारीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा