२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

२५ औं राष्ट्रिय बालसाहित्य सम्मेलन सकियो, सयौं विधार्थी लाभान्वित

२६ फाल्गुन २०७४, शनिबार १६:१६

चिसाङ शेर्पा | फागुन २५, खोटाङ | सिक्ने र सिकाउने उद्देश्यले आयोजित २५ औं राष्ट्रिय बालसाहित्य सम्मेलन समापन भएको छ । नेपाल बालसाहित्य समाज मूल आयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजनामा भएको सम्मेलन शनिबार दिक्तेलस्थित जिल्ला समन्यव समितिको समिक्षालय हलमा सकिएको हो ।

दुईदिने सम्मेलनमा दुईसय शिर्षकका बालपुस्तक प्रदर्शनीको उद्घाटन, ३६ शिर्षकका बालपुस्तक र बालसाहित्य बिमोचन, बालसाहित्य सम्बन्धि ९ वटा कार्यपत्र प्रस्तुतीसहित चित्रकारद्धय समित श्रेष्ठ र सोनाम तामाङलाई नगद दश÷दश हजारका साथमा प्रमाणपत्र वितरण गरिएको छ । तामाङ कक्षाआठ भन्दा तल पुस्तकका चित्रकार हुन् भने श्रेष्ठ कक्षा आठभन्दा माथीका पुस्तकका चित्रकार हुन् ।

‘पठन संस्कार’, ‘पुस्तकालय व्यवस्थापन’, ‘अभिभावकले बाल पुस्तक पढ्नुपर्छ’जस्ता तीन शिर्षकमा बिधार्थी र समाजका पदाधिकारीबिच अन्तरक्रिया भएको थियो । बालसाहित्य समाजका आजिवन सदस्य अनुराधा शर्मा, गंगा पौडेलले बालकथा लेखन प्रशिक्षण, डाक्टर बिष्णुकुमार खत्री, शशी थापा पण्डितले बालकविता लेखन प्रशिक्षण, समाजका सचिव यशु श्रेष्ठले कक्षामा नाटक मञ्चन सम्बन्धि प्रशिक्षण, समाजका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर चूडामणि बन्धुले डायरी लेखन प्रशिक्षण, समाजका कार्यकारी सदस्य धु्रुब घिमिरेले कथा बाचन प्रशिक्षण, समाजका आजिवन सदस्य ऋषिराम शर्माले सिर्जनात्मक लेखन प्रशिक्षण, कार्यकारी समिति सदस्य डा. धु्रब घिमिरे र आजिवन सदस्य अमर कुमार प्रधानले बालबालिकाहरुलाई वाचन सिकाई प्रशिक्षण दिनुभएको समाजका सचिव यशु श्रेष्ठले जानकारी दिनुभयो । 


श्रेष्ठका अनुसार सम्मेलनमा सहभागी विभिन्न बिद्धालयका विधार्थीले कार्यक्रममा दिईएका सातै किसिमका प्रशिक्षणको प्रतिफल प्रस्तुत गरेका थिए । बालबालिकाको मनोबिज्ञानलाई पहिलो आधार बनाएर गरिएको बालसाहित्य सम्मेलनबाट सयौ बिधार्थी लाभान्वित बनेका छन् ।    

सम्मेलनकै अवसरमा बालबालिकासँग ‘पठन संस्कार’ सम्बन्धि अन्तरक्रिया र ‘गीतसंगीत सम्बन्धि प्रशिक्षण’ प्रस्तुती गरिएको बालसाहित्य समाजका उपाध्यक्ष शैलेन्दुप्रकास नेपालले बताउनुभयो । 

जिल्ला तथा काठमाण्डौका दर्जनौ साहित्यकार, कलाकार, शिक्षाविद, प्राध्यापक, प्राज्ञ, बालसाहित्यकार, शिक्षक, शिक्षाविभाग, बुद्धिजीविको बाक्लो भेला रहेको सम्मेलनको नेपाल बालसाहित्य समाजका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा प्राज्ञ चूडामणि बन्धु र प्रदेशसभा सदस्य उषाकला राईले शुक्रबार गमलाको फुलमा बिरुवा रोपेर पानी लगाई उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो