२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा पाँच लायन्स क्लबहरुको संयुक्त पदस्थापना

२४ आश्विन २०७२, आईतवार ०७:५५

असोज २४, पर्वत / समाजिक तथा मानविय क्षेत्रमा कार्य गर्दै आएका जिल्लाका पाँच लायन्स क्लबको शनिवार संयुक्त रुपमा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सामाजिक गतिबिधिमा क्रियाशिल लायन्स क्लबले शनिवार एक कार्यक्रमको आयोजना गरी संयुक्त पदस्थापना गरेका हुन्।
लायन्स कल्ब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि वान नेपाल अन्तरगतका लायन्स कल्व अफ शिवालय, लायन्स कल्व अफ कुश्मा सिटि, लायन्स क्लब अफ मोदीकाली लायन्स कल्व अफ व्रिजसिटि, लायन्स कल्व अफ पर्वत चौतारीको सन २०१५÷१६ का निर्वा्चित पदाधिकारीहरुको पदस्थापना गरिएको हो । सो अवसरमा सन २०१४÷१५ को कार्यकालमा लायन्स क्लबमा रहेर योगदान गरेका पदाधीकारीहरुलाई विभिन्न सम्मान प्रदान गरिएको थियो ।

लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि वानका गर्भनर धु्रबबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै भने, लायन्सले सामाजिक तथा मानविय क्षेत्रमा कार्य गर्ने र गरेकोले यसलाई तिब्र र निरन्तरता दिनुपर्नेमा जोड दिए । अझै पनि सेवा गर्नुपर्ने ठाउँमा लायन्स पुग्न नसकेको भन्दै त्यस्ता ठाउँमा लायन्स शसक्त रुपमा लाग्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा जिल्लामा रहेका विभिन्न लायन्सका पदाधिकारीको सहभागिता रहेको थियो ।

लायन्स क्लब अफ शिवालयका अध्यक्ष बशन्तकु्मार जोशीकोे अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमा लायन्स क्लबका अध्यक्षहरुले आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै सम्मान समेत गरेका थिए । लायन्स क्लबले जिल्लामा स्वास्थ्य शिवीर, आँखा शिविर, सरसफाई लगायतका विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ ।
दुइ विद्यालयलाई आर्थिक सहयोग
जिल्लामा रहेका पाँच लायन्सको संयुक्त पदस्थापनाको अबसर पारी लायन्स क्लब अफ कुश्मा सिटिले जिल्लामा रहेका दुई सामुदायिक विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । क्लबले रानीपानीमा रहेको नेपाल तारा उमाविलाई एक लाख र पशुपति उमावि राम्जा देउरालीलाई ५० हजार आर्थिक सहयोग गरेको हो ।

कुश्मा सिटिकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीको विशेष पहल तथा जापानमा रहेका उनका छोरी ज्वाई उषा पौडेल क्षेत्री र ठाकुर बहादुर क्षेत्रीको सहयोगमा जापानमा रहेका डिष्ट्रीक ३३७ सिटुआर नागासाकी, इशाहाया र सिमावारको आर्थिक सहयोगमा आएको रकम हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ