२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा पाँच लायन्स क्लबहरुको संयुक्त पदस्थापना

२४ आश्विन २०७२, आईतवार ०७:५५

असोज २४, पर्वत / समाजिक तथा मानविय क्षेत्रमा कार्य गर्दै आएका जिल्लाका पाँच लायन्स क्लबको शनिवार संयुक्त रुपमा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सामाजिक गतिबिधिमा क्रियाशिल लायन्स क्लबले शनिवार एक कार्यक्रमको आयोजना गरी संयुक्त पदस्थापना गरेका हुन्।
लायन्स कल्ब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि वान नेपाल अन्तरगतका लायन्स कल्व अफ शिवालय, लायन्स कल्व अफ कुश्मा सिटि, लायन्स क्लब अफ मोदीकाली लायन्स कल्व अफ व्रिजसिटि, लायन्स कल्व अफ पर्वत चौतारीको सन २०१५÷१६ का निर्वा्चित पदाधिकारीहरुको पदस्थापना गरिएको हो । सो अवसरमा सन २०१४÷१५ को कार्यकालमा लायन्स क्लबमा रहेर योगदान गरेका पदाधीकारीहरुलाई विभिन्न सम्मान प्रदान गरिएको थियो ।

लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि वानका गर्भनर धु्रबबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै भने, लायन्सले सामाजिक तथा मानविय क्षेत्रमा कार्य गर्ने र गरेकोले यसलाई तिब्र र निरन्तरता दिनुपर्नेमा जोड दिए । अझै पनि सेवा गर्नुपर्ने ठाउँमा लायन्स पुग्न नसकेको भन्दै त्यस्ता ठाउँमा लायन्स शसक्त रुपमा लाग्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा जिल्लामा रहेका विभिन्न लायन्सका पदाधिकारीको सहभागिता रहेको थियो ।

लायन्स क्लब अफ शिवालयका अध्यक्ष बशन्तकु्मार जोशीकोे अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमा लायन्स क्लबका अध्यक्षहरुले आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै सम्मान समेत गरेका थिए । लायन्स क्लबले जिल्लामा स्वास्थ्य शिवीर, आँखा शिविर, सरसफाई लगायतका विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ ।
दुइ विद्यालयलाई आर्थिक सहयोग
जिल्लामा रहेका पाँच लायन्सको संयुक्त पदस्थापनाको अबसर पारी लायन्स क्लब अफ कुश्मा सिटिले जिल्लामा रहेका दुई सामुदायिक विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । क्लबले रानीपानीमा रहेको नेपाल तारा उमाविलाई एक लाख र पशुपति उमावि राम्जा देउरालीलाई ५० हजार आर्थिक सहयोग गरेको हो ।

कुश्मा सिटिकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीको विशेष पहल तथा जापानमा रहेका उनका छोरी ज्वाई उषा पौडेल क्षेत्री र ठाकुर बहादुर क्षेत्रीको सहयोगमा जापानमा रहेका डिष्ट्रीक ३३७ सिटुआर नागासाकी, इशाहाया र सिमावारको आर्थिक सहयोगमा आएको रकम हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा