२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा शैक्षिक विकासका लागि ४२ बुँदे घोषणापत्र जारी

२७ फाल्गुन २०७४, आईतवार ०२:३०

फागुन २७, ताप्लेजुङ (रासस) | ताप्लेजुङका शैक्षिक संस्थालाई सिकाइ केन्द्रका रुपमा विकास गर्दै सरोकारवालाको आकर्षणको केन्द्रका रुपमा स्थापित गर्न ४२ बुँदे घोषणापत्र जारी गरिएको छ । शैक्षिक जनशक्ति विकास केन्द्रको समन्वयमा माध्यामिक तहका प्रधानाध्यापकको नेतृत्व विकाससम्बन्धी सञ्चालित दशदिने तालीमको शनिबार समापन सँगै यस्तो घोषणापत्र जारी गरिएको हो । 

समतामूलक, समावेशी र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि तालीममा सहभागी ५८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकले शैक्षिक, भौतिक र सुशासन पक्षको सुधार र विकासमा सम्बन्धित ४२ वटा बुँदालाई कार्यान्वयन गर्ने सहमति जनाए सँगै घोषणापत्र जारी गरिएको हो । स्थानीय पाठ्यक्रम प्रारुपका आधारमा स्थानीय परिवेश र आवश्यकता अनुसारको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, विद्यार्थीको स्तरअनुसार सन्दर्भ सामग्री भएको कक्षागत बुक कर्नर तथा पुस्तकालयको व्यवस्थापन गर्ने, विद्यालयमा विपद् व्यवस्थापनको योजना बनाई कार्यान्वयन गर्ने लगायतका बुँदाहरु घोषणापत्रमा समेटिएका छन् । 

यस्तै निरन्तर विद्यार्थी मूल्यांकनका मापदण्डअनुसार पाठगत योजना निर्माण गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरी सिकाइ उपलब्धि अभिवृद्धि सुनिश्चित गर्नेसमेत उल्लेख छ । रिड नेपाल ताप्लेजुङको आयोजनामा भएको उक्त तालीम शैक्षिक जनशक्ति विकास केन्द्र, जिल्ला शिक्षा कार्यालय ताप्लेजुङ र स्थानीय सरकारको समन्वयमा सदरमुकाम फुङलिङमा सञ्चालन भएको रिड नेपाल ताप्लेजुङका कार्यक्रम संयोजक राजेन्द्र पन्तले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै