2026-09-13 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दलित महिलाको सक्रियतामा नमूना बस्ती बन्दै सिरहाको कर्जन्हा

राजु विश्वकर्मा/फागुन २७, लहान | केही वर्षअघिसम्म समस्यैसमस्याबाट थलिएको सिरहाको कर्जन्हा नगरपालिका ९ को दलित बस्ती अहिले भने नमूना बनेको छ । 

गाउँका दलित महिलाहरु संगठित रुप मै आयआर्जनको कार्यमा सक्रिय भएपछि दलित बस्तीको पहिचान नै फेरिएको छ । अरुको कुरा काट्न मै समय बिताउँदै आएका दलित बस्तीका महिलाहरु सामाजिक सुधारको कार्यमा जुटेपछि दलित पुरुषहरु मात्रै होइन अन्य समुदायका महिला र पुरुषहरु पनि उहाँहरुलाई सघाउन थालेका छन् । 

केही वर्षअघिसम्म घरेलु हिंसा हुँदा समेत चुप लागेर बस्ने ती बस्तीका महिलाहरु त्यसविरुद्ध अभियान नै चलाएर लागेपछि अहिले घरेलु हिंसासँगै बालविवाहमा समेत उल्लेख्य कमी आएको स्थानीय बासिन्दाको भनाइ छ । 

समग्र विकास सेवा केन्द्र लहानको पहलमा २०७३ जेठ महिनामा रामसीता सामाजिक परिवारमा आबद्ध गाउँका दलित महिलाले बस्तीका बालबालिकाहरुका लागि विद्यालय भर्ना अभियान चलाएर यो वर्ष मात्रै २० जना दलित बालबालिकाहरुलाई विद्यालय भर्ना गराएको स्थानीय महिला सरिता सदाले बताउनुहुन्छ । 

यसका साथै सामाजिक परिवारकै सदस्यहरुको पहलमा दलित समुदायका २४ जनाले नागरिकता प्राप्त गरेका छन् । 

उमेर पुगेकादेखि ४५ वर्ष सम्मका व्यक्तिहरुले समेत विभिन्न कारण नागरिकता बनाउन सकेका थिएनन् । सामाजिक परिवारका सदस्य समेत रहेका सरिता भन्नुहुन्छ – “हामीले सक्रियतापूर्वक पहल गर्दा २४ जनाले नागरिकता प्राप्त गरेका हुन् ।” यस्तै समाजिक परिवारकै पहलमा दलित बस्तीका ९ जना बालबालिकाहरुलाई जन्मदर्ता बनाएर दिनाका साथै १० जोडीको विवाह दर्ताका लागि समेत पहल गरेको सरिताको भनाइ छ । 

सामाजिक परिवारकै सहयोगमा गाउँकै चौकमा एउटा चौतारा समेत निर्माण गरिएको छ । तत्कालीन गाविस कार्यालयबाट बजेट माग गरेर बस्तीमै सार्वजनिक भवन समेत बनाइएको स्थानीयवासी जितनी महराले जानकारी दिनुभयो । 

राज्यबाट प्राप्त हुने अधिकारबारे बोल्न नसक्ने व्यक्तिहरु अहिले सामाजिक परिवारकै माध्यमबाट गाउँमा चेतनामूलक विभिन्न कार्यक्रमहरु सञ्चालनका साथसाथै आफ्ना समस्या निर्धक्क भएर राख्न थालेका छन् । अहिले गाउँका दलित समुदायका व्यक्तिहरु आप्mनो कामकाज आफैं गएर कार्यालयहरुमा गर्न र गराउन समेत थालेका छन् । 

ती समुदायका व्यक्तिहरु सामाजिक क्षेत्रमा मात्र होइन, आयआर्जनको बाटोमा समेत अग्रसर भएका छन् । गाउँकै महिलाहरुको सक्रियतामा कृषक समूह गठन गरी जिल्ला कृषि कार्यालयबाट बीऊबिजन प्राप्त गर्नुका साथै जिल्ला पशु कार्यालयबाट पनि गोठ सुधारका लागि सामाजिक परिवारका ७ जना सदस्यले रु १५ हजारका दरले रकम प्राप्त गरेर बाख्रापालन र गाइपालन गरिरहेका छन् । 

बस्तीका २१ जना दलित र नौ जना पिछडा वर्गका गरी ३० जना सदस्य आबद्ध रामसीता सामाजिकका सदस्यले शुरुमा मासिक रु ५० का दरले र अहिले मासिक रु १०० का दरले बचतसमेत गर्दैआएको समग्र विकास सेवा केन्द्रका उत्प्रेरक मञ्जुकुमारी महतो बताउनुहुन्छ । 

सदस्यहरुले मासिक रुपमा गरेको बचत रकम रु ८५ हजार पुगेको छ । उत्प्रेरक महतो भन्नुहुन्छ – “बचत भएको रकम सामाजिक परिवारकै सदस्यहरुमा ऋण लगानी गर्ने गरेका छन् ।” यसले दलित महिलाहरुमा बचतसँगै ऋण लिने बानीको समेत विकास भएको महतोको बुझाइ छ । 

पछिल्लो समय दलित महिलाहरुमा आएको परिवर्तन सराहनीय रहेको छ । स्थानीय अगुवा श्याम कुमार महतोले यहाँका दलित बस्तीका महिलाको चेतना स्तरबाट अन्य ठाउँका महिलाले अनुसरण गरे छिट्टै सामाजिक रुपान्तरण हुने विश्वास व्यक्त गर्नुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन